Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निद्रा रातमा नै किन लाग्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२४ घण्टामध्ये ७–८ घण्टाको अवधि हामी निद्राका लागि लिन्छौं । निद्राको अवस्थामा हामी बाहिरी कुरा केही थाहा पाउँदैनौं । विज्ञानले निद्रालाई ओखतीसमान भनेको छ । यो खाना जस्तै शरीरका लागि अनिवार्य आवश्यकता हो । स्वस्थ रहने नियममा निद्रालाई पहिलो स्थान दिइएको छ ।

सूर्योदयसँगै दिन सुरु हुने र अस्ताएसँगै रात हुन्छ । रोचक के छ भने संसारभर नै मानिस रातमा नै निदाउने गर्छन् । आखिर रातमै निद्रा किन लाग्छ ? निद्रा मानव शरीरका लागि कति आवश्यक छ लगायतका विषयमा केन्द्रित रहेर त्रिवि शिक्षण अस्पतालको मनोरोग विभागका प्रमुख प्रा. डा. सरोजप्रसाद ओझासँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश ः

रातको समयमा नै किन निद्रा लाग्छ ?

दिन र रातले मानवजीवनको मस्तिष्कमा प्रभाव पार्छ । विश्वका विभिन्न ठाउँमा भिन्नाभिन्नै समयमा राति हुन्छ । जब सूर्यास्त हुन्छ मस्तिष्कमा मेलाटोनिन नामक हार्मोन निस्कन थाल्छ । जुन शरीरलाई स्वस्थ राख्न चाहिने सकारात्मक हार्मोन हो । स्वस्थ हार्मोन अँध्यारो कोठामा राति मात्र उत्पन्न हुन्छ । जसकारण रातको समयमा नै हामीलाई निद्रा लाग्छ ।

बिहान सूर्योदयसँगै मेलाटोनिन रसायनले प्रतिक्रिया बन्द गर्छ, त्यसपछि सेरोटोनिन निस्कन थाल्छ, जसले गर्दा हाम्रो निद्रा खुल्छ । ब्रह्माण्डले पनि सोहीकारण दिन र रातमध्ये रातमै निद्रा चाहिने धारणा सिर्जित गरेको छ । उज्यालोमा दिनभर नै काम गरिरहेका हुन्छौं । कुनै न कुनै क्रियाकलापमा हामी संलग्न हुन्छौं । त्यसक्रममा हाम्रो मानसिक तथा शारीरिक गतिविधि भइरहेको हुन्छ । त्यसैले शरीर र दिमागलाई आराम चाहिन्छ ।

मानव शरीर चल्दा रक्तसञ्चार भइरहेको हुन्छ । निरन्तर यो प्रक्रिया चल्दा शरीरलाई आराम चाहिन्छ । त्यसैले शरीर गल्दै रातको समयमा निद्रा लाग्छ । रक्तसञ्चारलाई सन्तुलनमा ल्याउन र शरीरका प्रत्येक अंगलाई आराम दिन निद्रा आवश्यक हुन्छ ।

खासमा निदाउने समय कुन हो ?

७ देखि ८ घण्टा निदाउनु राम्रो मानिन्छ । यद्यपि निदाउने समय यही नै हो भनेर किटान भइसकेको अवस्था छैन । मानिसको काम र शरीरको प्रकृतिअनुसार निद्राको समय पनि निर्धारित हुन्छ । सकेसम्म राति १० बजेदेखि बिहान ६ बजेसम्म सुत्नु राम्रो हुन्छ । अलि छिटो उठ्ने र कम समय सुत्नेका लागि १० देखि ५ सम्मको अवधिसम्म सुत्ने बानी छ वा बसाल्न सकियो भने मस्तिष्कलाई आराम पुग्छ । र, दिनचर्या स्वस्थ र उर्जाशील भएर बित्छ । हामीले खाने यथेष्ट भोजन जस्तै निद्रा पनि आवश्यक भएकाले निद्राको अवधि पूरा गर्नुपर्छ । पर्याप्त निद्रा पुगेमा आत्मसन्तुष्टि हुने, जीवन अर्थपूर्ण र सफल हुन्छ ।

मानिस सुतेपछि ब्युँझिने र जाग्ने पनि हुन्छ ? यो कुन स्थितिमा हुन्छ ?

मानिस जब निदाउँछ उसले निद्राको विभिन्न चक्र पार गर्दै जान्छ । जसमा ४ देखि ६ चक्र हुन्छ । यो क्रममा मस्तिष्क, मुटु जस्ता अंगहरु सुस्त गतिमा चलिरहेको हुन्छ । करिब ९० मिनेटको एउटा निद्राको चक्र हुन्छ । जसमा ७५ मिनेटको चक्र गहिरो हुन्छ । यसलाई नन ¥यापिड मुमेन्ट पनि भनिन्छ । त्यसक्रममा हामी अचेत जस्तै हुन्छौं, जसकारण सपना देखे पनि याद गर्न सक्दैनौं । र, त्यसपछिको १५ मिनेटको चक्र त्यति गहिरो हुँदैन । जसकारण हामी सपनामा देखेको कुरा स्मरण गर्न सक्छौं । सो १५ मिनेटको अवस्थालाई ¥यापिड आई मुमेन्ट भनिन्छ । गहिरो निद्रापछि ब्युँझिने गर्छौं । त्यसबाहेक निद्रामा बाहिरी अवरोध आउँदा अर्थचेतनको अवस्थामा हामी ब्युँझिन सक्छौं ।

निदाएको बेला शरीरमा के हुन्छ ? निदाएको बेला बाहिरी कुरा थाहा नपाउनुको कारण के होला ?

जब मानिस निदाउँछ शरीरले आराम पाउँछ । एउटा गाडी पनि निरन्तर चल्न सक्दैन त्यस्तै मानव शरीर पनि २४ घण्टा नै एकै गतिमा चल्न सक्दैन ।

जब कोठाको बत्ती निभाएर आँखा बन्द गरेर सुत्छौं, तब हाम्रो मस्तिष्कबाट अल्फा किरण निस्कन्छन्, जसले हामीलाई निद्रामा पु¥याउँछ । हामी चेत हुँदै अर्धचेतन अवस्थामा पुग्छौं । यस अवधिमा हाम्रो मस्तिष्क बाहिरी संसारबाट अलग हुन्छौं ।

निद्रा लागेको बेला सुतिएन भने के हुन्छ ?

रातको समयमा जब थकित हुन्छौं र निद्रा लाग्दा पनि विभिन्न कारणले सुत्ने माहोल नहुन पनि सक्छ । कहिलेकाहीं मात्र त्यस्तो अवस्था सिर्जना हुन्छ भने खासै असर पर्दैन । त्यो शरीरले पनि ग्रहण गर्छ ।

तर दैनिक नै रातको समयमा निद्रा लाग्दा सुतिएन वा कुनै पनि काममा संलग्न भएर निदाइएन भने दैनिकीमा असर पर्छ ।

निद्रा नपुगे के हुन्छ ?

निद्रा व्यक्तिअनुसार फरक–फरक हुन सक्छ । यद्यपि पाँच घण्टा पनि सुत्ने बानी छैन वा निद्रा अपुग भइरहन्छ भने शरीरमा ऊर्जा हराउने, आलस्य हुने, काम सुस्त गतिमा हुने तथा एकाग्रता कम हुने र विस्तारै अनिद्राको समस्या इन्सोमेनिया पनि हुने गर्छ । अनिद्राको समस्या भएर दैनिकी काम र स्वास्थ्यमा प्रभाव परिरहेको छ भने चिकित्सकको परामर्श लिनुपर्नेसम्मको अवस्था सिर्जना हुन्छ ।

त्यस्तै धेरैको रातको समयमा कम सुतिएको छ अब दिउँसो सुतेर पूरा गर्छु भनेर पनि सुत्ने बानी हुन्छ । र, रातको समयमा निद्रा नपुग्दा कसैलाई दिउँसो पनि निद्रा लाग्छ । त्यो समयमा निद्रा लागे पनि सुत्नु हुँदैन यसले निद्राको चक्र बिथोल्छ र रातमा निदाउन सकिंदैन । जसले शरीरलाई झनै आलस्य बनाउने, टाउको दुख्ने, रातमा निद्रै नलाग्ने, आँखालाई आराम नमिल्ने, झर्किने, निद्रा नलागे पनि अनेक कुरा सोच्ने जस्ता धेरै समस्या देखिन्छ । त्यसैले सकेसम्म रातको समयमा निद्रा पु¥याउने हरसम्भव प्रयास गर्नुपर्छ ।

पर्याप्त निद्रा पार्ने उपाय के छन् ?

शरीरलाई चाहिने स्वस्थ निद्राका लागि स्लिप हाइजिन कायम राख्नुपर्छ । जसअन्तर्गत सर्वप्रथम एकै समयमा सुत्ने र एकै समयमा उठ्ने तालिका बनाउनुपर्छ । त्यो समयमा निद्रा लागे पनि नलागे पनि सुत्ने प्रयत्न गर्नुपर्छ । त्यही समय निद्राको लागि छुट्याउन सकियो भने १, २ दिन नलागे पनि विस्तारै त्यही समयमा निद्रा लाग्ने बानी बस्छ । निद्रा लागेको छैन वा दैनिक तातो पानीले बेलुकी नुहाएर सुत्दा पनि राम्रो निद्रा लाग्न सक्छ । यसले मस्तिष्कमा रक्तसञ्चार राम्रो गर्न मद्दत गर्छ ।

खाना खाएको दुई घण्टापछि मात्र सुत्ने तर्खर गर्नुपर्छ । भारी हुने खाना खायो भने निद्रामा असर पर्ने भएकाले रातको समयमा खाना हल्का हुनुपर्छ ।

निद्राको बानी पार्न सुत्ने कोठा शान्त र अँध्यारो बनाउनुपर्छ । सकिन्छ भने बेडमा पुगिसकेपछि सामाजिक सञ्जालको संसारबाट हराउन मोबाइललाई बन्द गर्नु उपयुक्त हुन्छ । यसले निद्रामा बाधा पु¥याउन सक्छ । त्यस्तै, ध्यान गर्न सकियो भने त्यो निद्राको लागि उत्कृष्ट विकल्प हो । २४ घण्टामा ५ मिनेट समय छुट्टाएर ध्यान गर्नुपर्छ । ध्यानको लागि आफू को हो ? कहाँबाट आएको हो भन्दै स्मरण गर्न सकिन्छ । र, श्वासप्रश्वासमा केन्द्रित हुँदै प्राणायाम गर्न सकिन्छ । निदाउनको लागि स्लिपिङ रिल्याक्ससेन म्युजिक पनि सुन्न सकिन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व