सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निद्रा रातमा नै किन लाग्छ ?

२४ घण्टामध्ये ७–८ घण्टाको अवधि हामी निद्राका लागि लिन्छौं । निद्राको अवस्थामा हामी बाहिरी कुरा केही थाहा पाउँदैनौं । विज्ञानले निद्रालाई ओखतीसमान भनेको छ । यो खाना जस्तै शरीरका लागि अनिवार्य आवश्यकता हो । स्वस्थ रहने नियममा निद्रालाई पहिलो स्थान दिइएको छ ।

सूर्योदयसँगै दिन सुरु हुने र अस्ताएसँगै रात हुन्छ । रोचक के छ भने संसारभर नै मानिस रातमा नै निदाउने गर्छन् । आखिर रातमै निद्रा किन लाग्छ ? निद्रा मानव शरीरका लागि कति आवश्यक छ लगायतका विषयमा केन्द्रित रहेर त्रिवि शिक्षण अस्पतालको मनोरोग विभागका प्रमुख प्रा. डा. सरोजप्रसाद ओझासँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश ः

रातको समयमा नै किन निद्रा लाग्छ ?

World Link Ads
Health Notice Kanchanpur

दिन र रातले मानवजीवनको मस्तिष्कमा प्रभाव पार्छ । विश्वका विभिन्न ठाउँमा भिन्नाभिन्नै समयमा राति हुन्छ । जब सूर्यास्त हुन्छ मस्तिष्कमा मेलाटोनिन नामक हार्मोन निस्कन थाल्छ । जुन शरीरलाई स्वस्थ राख्न चाहिने सकारात्मक हार्मोन हो । स्वस्थ हार्मोन अँध्यारो कोठामा राति मात्र उत्पन्न हुन्छ । जसकारण रातको समयमा नै हामीलाई निद्रा लाग्छ ।

बिहान सूर्योदयसँगै मेलाटोनिन रसायनले प्रतिक्रिया बन्द गर्छ, त्यसपछि सेरोटोनिन निस्कन थाल्छ, जसले गर्दा हाम्रो निद्रा खुल्छ । ब्रह्माण्डले पनि सोहीकारण दिन र रातमध्ये रातमै निद्रा चाहिने धारणा सिर्जित गरेको छ । उज्यालोमा दिनभर नै काम गरिरहेका हुन्छौं । कुनै न कुनै क्रियाकलापमा हामी संलग्न हुन्छौं । त्यसक्रममा हाम्रो मानसिक तथा शारीरिक गतिविधि भइरहेको हुन्छ । त्यसैले शरीर र दिमागलाई आराम चाहिन्छ ।

मानव शरीर चल्दा रक्तसञ्चार भइरहेको हुन्छ । निरन्तर यो प्रक्रिया चल्दा शरीरलाई आराम चाहिन्छ । त्यसैले शरीर गल्दै रातको समयमा निद्रा लाग्छ । रक्तसञ्चारलाई सन्तुलनमा ल्याउन र शरीरका प्रत्येक अंगलाई आराम दिन निद्रा आवश्यक हुन्छ ।

खासमा निदाउने समय कुन हो ?

७ देखि ८ घण्टा निदाउनु राम्रो मानिन्छ । यद्यपि निदाउने समय यही नै हो भनेर किटान भइसकेको अवस्था छैन । मानिसको काम र शरीरको प्रकृतिअनुसार निद्राको समय पनि निर्धारित हुन्छ । सकेसम्म राति १० बजेदेखि बिहान ६ बजेसम्म सुत्नु राम्रो हुन्छ । अलि छिटो उठ्ने र कम समय सुत्नेका लागि १० देखि ५ सम्मको अवधिसम्म सुत्ने बानी छ वा बसाल्न सकियो भने मस्तिष्कलाई आराम पुग्छ । र, दिनचर्या स्वस्थ र उर्जाशील भएर बित्छ । हामीले खाने यथेष्ट भोजन जस्तै निद्रा पनि आवश्यक भएकाले निद्राको अवधि पूरा गर्नुपर्छ । पर्याप्त निद्रा पुगेमा आत्मसन्तुष्टि हुने, जीवन अर्थपूर्ण र सफल हुन्छ ।

मानिस सुतेपछि ब्युँझिने र जाग्ने पनि हुन्छ ? यो कुन स्थितिमा हुन्छ ?

मानिस जब निदाउँछ उसले निद्राको विभिन्न चक्र पार गर्दै जान्छ । जसमा ४ देखि ६ चक्र हुन्छ । यो क्रममा मस्तिष्क, मुटु जस्ता अंगहरु सुस्त गतिमा चलिरहेको हुन्छ । करिब ९० मिनेटको एउटा निद्राको चक्र हुन्छ । जसमा ७५ मिनेटको चक्र गहिरो हुन्छ । यसलाई नन ¥यापिड मुमेन्ट पनि भनिन्छ । त्यसक्रममा हामी अचेत जस्तै हुन्छौं, जसकारण सपना देखे पनि याद गर्न सक्दैनौं । र, त्यसपछिको १५ मिनेटको चक्र त्यति गहिरो हुँदैन । जसकारण हामी सपनामा देखेको कुरा स्मरण गर्न सक्छौं । सो १५ मिनेटको अवस्थालाई ¥यापिड आई मुमेन्ट भनिन्छ । गहिरो निद्रापछि ब्युँझिने गर्छौं । त्यसबाहेक निद्रामा बाहिरी अवरोध आउँदा अर्थचेतनको अवस्थामा हामी ब्युँझिन सक्छौं ।

निदाएको बेला शरीरमा के हुन्छ ? निदाएको बेला बाहिरी कुरा थाहा नपाउनुको कारण के होला ?

Sana Kishan

जब मानिस निदाउँछ शरीरले आराम पाउँछ । एउटा गाडी पनि निरन्तर चल्न सक्दैन त्यस्तै मानव शरीर पनि २४ घण्टा नै एकै गतिमा चल्न सक्दैन ।

जब कोठाको बत्ती निभाएर आँखा बन्द गरेर सुत्छौं, तब हाम्रो मस्तिष्कबाट अल्फा किरण निस्कन्छन्, जसले हामीलाई निद्रामा पु¥याउँछ । हामी चेत हुँदै अर्धचेतन अवस्थामा पुग्छौं । यस अवधिमा हाम्रो मस्तिष्क बाहिरी संसारबाट अलग हुन्छौं ।

निद्रा लागेको बेला सुतिएन भने के हुन्छ ?

रातको समयमा जब थकित हुन्छौं र निद्रा लाग्दा पनि विभिन्न कारणले सुत्ने माहोल नहुन पनि सक्छ । कहिलेकाहीं मात्र त्यस्तो अवस्था सिर्जना हुन्छ भने खासै असर पर्दैन । त्यो शरीरले पनि ग्रहण गर्छ ।

तर दैनिक नै रातको समयमा निद्रा लाग्दा सुतिएन वा कुनै पनि काममा संलग्न भएर निदाइएन भने दैनिकीमा असर पर्छ ।

निद्रा नपुगे के हुन्छ ?

निद्रा व्यक्तिअनुसार फरक–फरक हुन सक्छ । यद्यपि पाँच घण्टा पनि सुत्ने बानी छैन वा निद्रा अपुग भइरहन्छ भने शरीरमा ऊर्जा हराउने, आलस्य हुने, काम सुस्त गतिमा हुने तथा एकाग्रता कम हुने र विस्तारै अनिद्राको समस्या इन्सोमेनिया पनि हुने गर्छ । अनिद्राको समस्या भएर दैनिकी काम र स्वास्थ्यमा प्रभाव परिरहेको छ भने चिकित्सकको परामर्श लिनुपर्नेसम्मको अवस्था सिर्जना हुन्छ ।

त्यस्तै धेरैको रातको समयमा कम सुतिएको छ अब दिउँसो सुतेर पूरा गर्छु भनेर पनि सुत्ने बानी हुन्छ । र, रातको समयमा निद्रा नपुग्दा कसैलाई दिउँसो पनि निद्रा लाग्छ । त्यो समयमा निद्रा लागे पनि सुत्नु हुँदैन यसले निद्राको चक्र बिथोल्छ र रातमा निदाउन सकिंदैन । जसले शरीरलाई झनै आलस्य बनाउने, टाउको दुख्ने, रातमा निद्रै नलाग्ने, आँखालाई आराम नमिल्ने, झर्किने, निद्रा नलागे पनि अनेक कुरा सोच्ने जस्ता धेरै समस्या देखिन्छ । त्यसैले सकेसम्म रातको समयमा निद्रा पु¥याउने हरसम्भव प्रयास गर्नुपर्छ ।

पर्याप्त निद्रा पार्ने उपाय के छन् ?

शरीरलाई चाहिने स्वस्थ निद्राका लागि स्लिप हाइजिन कायम राख्नुपर्छ । जसअन्तर्गत सर्वप्रथम एकै समयमा सुत्ने र एकै समयमा उठ्ने तालिका बनाउनुपर्छ । त्यो समयमा निद्रा लागे पनि नलागे पनि सुत्ने प्रयत्न गर्नुपर्छ । त्यही समय निद्राको लागि छुट्याउन सकियो भने १, २ दिन नलागे पनि विस्तारै त्यही समयमा निद्रा लाग्ने बानी बस्छ । निद्रा लागेको छैन वा दैनिक तातो पानीले बेलुकी नुहाएर सुत्दा पनि राम्रो निद्रा लाग्न सक्छ । यसले मस्तिष्कमा रक्तसञ्चार राम्रो गर्न मद्दत गर्छ ।

खाना खाएको दुई घण्टापछि मात्र सुत्ने तर्खर गर्नुपर्छ । भारी हुने खाना खायो भने निद्रामा असर पर्ने भएकाले रातको समयमा खाना हल्का हुनुपर्छ ।

निद्राको बानी पार्न सुत्ने कोठा शान्त र अँध्यारो बनाउनुपर्छ । सकिन्छ भने बेडमा पुगिसकेपछि सामाजिक सञ्जालको संसारबाट हराउन मोबाइललाई बन्द गर्नु उपयुक्त हुन्छ । यसले निद्रामा बाधा पु¥याउन सक्छ । त्यस्तै, ध्यान गर्न सकियो भने त्यो निद्राको लागि उत्कृष्ट विकल्प हो । २४ घण्टामा ५ मिनेट समय छुट्टाएर ध्यान गर्नुपर्छ । ध्यानको लागि आफू को हो ? कहाँबाट आएको हो भन्दै स्मरण गर्न सकिन्छ । र, श्वासप्रश्वासमा केन्द्रित हुँदै प्राणायाम गर्न सकिन्छ । निदाउनको लागि स्लिपिङ रिल्याक्ससेन म्युजिक पनि सुन्न सकिन्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.