सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा शीतलहरबाट करिब १६ हजार परिवार प्रभावित हुनसक्ने

महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा १५ हजार ८६८ परिवार शीतलहरबाट प्रभावित हुन सक्ने अनुमान गरेको छ।

प्रशासनले शीतलहरबाट उत्पन्न हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले जानकारी दिए।

उक्त कार्ययोजना जिल्ला विपद् व्यवस्थापन समितिबाट स्वीकृत भएर कार्यान्वयनको चरणमा छ।

Mahakali Polytechnic

जिल्लाको भीमदत्त नगरपालिकामा सात हजार तीन सय १२, बेदकोट नगरपालिकामा चार सय १५, शुक्लफाँटामा पाँच सय ७५, कृष्णपुर नगरपालिकामा आठ सय २५, बेल्डाडा गाउँपालिकाका एक हजार आठ सय ७६, पुर्नवास नगरपालिकामा आठ सय ७६, दोधारा चाँदनी नगरपालिकामा छ सय ५०, बेलौरी नगरपालिकामा तीन हजार २४ र लालझाडी गाउँपालिकामा तीन सय १५ परिवार शीतलहरबाट प्रभावित हुन सक्ने अनुमान गरिएको कार्यालयले जनाएको छ।

World Link Ads

प्रतिकार्य योजनामा शितलहर प्रभावितहरूलाई राहत उपलब्ध गराउने र विशेषगरी बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, सुत्केरी तथा गर्भवती महिलालाई प्राथमिकता दिने ,कोभिड–१९ को सक्रमण जाडोमा बढ्न जाने सम्भावना रहकोले त्यसको नियन्त्रणमा जोड दिने, कोभिड–१९ बाट सक्रमित तथा जोखिममा रहेका व्यक्तिहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन विशेष प्रबन्ध गर्ने, विपद्को समयमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, दातृ निकाय, सबै क्षेत्र, सहयोगी संस्था तथा नागरिक समाजबीच समन्वय कायम गर्ने योजनामा उल्लेख छ।

Sana Kishan

उनका अनुसार प्रभावित क्षेत्रहरूमा महाकाली अस्पताल, स्थानीय तह र स्वास्थ्य संस्थाको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर चलाइने छ। त्यसैगरी उद्धारका लागि ९८ जना स्वयमसेवक र ३२ जना स्वास्थ्यकर्मी परिचालन हुनेछन्। महादेव अवस्थीले अन्नपुर्ण पोस्टमा लेखेका छन्।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.