सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खैरभट्टी स्थित रहेको लक्ष्मी माध्यामिक विद्यालयले प्रकासित गर्‍यो ‘लक्ष्मी माला’

प्रकाश भट्ट

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १५ खैरभट्टी स्थित रहेको लक्ष्मी माध्यामिक विद्यालयले मुखपत्र प्रकासित गरेको छ । २०३५ सालमा स्थापना भएको विद्यालयले मुखपत्र अर्थात ‘लक्ष्मी माला’ पहिलो पटक प्रकासित गरेको हो। शनिबार एक कार्यक्रमका विच उक्त मुखपत्र अर्थात ‘लक्ष्मी माला’ को बिमोचन गरिएको छ । मुखपत्र साढे चार दशक पछि विद्यालयले पहिलो पटक प्रकासनमा ल्याएको लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र सिह साउदले बताए। निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधी सभा सदस्यमा नव निर्वाचित एवं पुर्वमन्त्री रमेश लेखकको प्रमुख आथित्य र क्षेत्र ३(ख) बाट नव निर्वाचित प्रदेश सभा सदस्य बेल बहादुर रानाको बिशिष्ट आथित्यमा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र सिह साउदको अध्यक्षतामा मुखपत्र विमोचन गरिएको हो।

 

विद्यालयको शैक्षिक स्तर बृद्धि र विद्यालयका शैक्षिक गतिबिधी प्रभावकारी ढङ्गबाट नियमित अघि बढाउने उदेश्यले लक्ष्मी माला प्रकासनमा ल्याइएको उनले बताए । उक्त विद्यालयमा ८० प्रतिशत दलित समुदायबाट विद्यार्थी रहेको बताउँदै अध्यक्ष साउदले सबै समुदायको शिक्षामा समान पहुँच गराउने उदेश्यका साथ अघि बढ्ने समेत उनले बताए । लक्ष्मी मालाको बिमोचन गर्दै नवनिर्वाचित प्रतिनिधी सभा सदस्य रमेश लेखक र प्रदेश सभा सदस्य बेद बहादुरले विद्यालयले गरेको प्रयास अनुकरणीय भएको बताउँदै भावि दिनमा विद्यालयको बृद्धि विकासका लागि आ–आफनो क्षेत्रबाट सहयोग गर्ने प्रण गरेका छन ।

Mahakali Polytechnic

विद्यालयले पहिलो पटक लक्ष्मी माला प्रकासित गरेपछी विद्यार्थी, शिक्षक तथा अभिभावक हर्षित भएका विद्यालयका प्रध्यानाध्यापक चन्दले सुदुरपश्चिम खबरलाई जानकारी दिए।

World Link Ads


कार्यक्रमको अन्त्यमा अध्यक्ष साउदले विद्यालयलाई प्रविधिमैत्री प्राविधिक शिक्षाका कार्यक्रम संचालन गर्ने तथा ग्रामिण भेगको सामुदायिक विद्यालयको भौतिक, शैक्षिक स्तर बृद्धि गर्दै भविष्यमा नमुना विद्यालय बनाउनेतर्फ प्रर्यत्न गर्ने बताए । झण्डै साढे चार दशकपछि लक्ष्मी माला प्रकासित गरेपछि विद्यालयले उदाहरणीय काम गरेको भन्दै अभिभावकले समेत प्रसंसा गरेको उनले बताए।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.