Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

धनगढीमा ‘नमस्ते मेयर जनगुनासो सुनवाइ’ सेवा सञ्चालनमा आयो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २३, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिकाले ’नमस्ते मेयर जनगुनासो सुनवाइ’सेवा सञ्चालनमा ल्याइएको छ ।

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसर पारेर यूएनडीपीको सहयोगमा उपमहानगरपालिकाले शुक्रबारदेखि नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा ल्याएको हो ।

धनगढीका मेयर गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र शिक्षाविद् तथा प्राध्यापक डा.हेमराज पन्तले संयुक्त रुपमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले नमस्ते मेयर जनगुनासो सुनवाइ सेवाको शुभारम्भ गरे ।

यूएनडीपीका संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाका परियोजना अधिकृत मनोज ओझाले स्थानीय तहमा देशमै पहिलो पटक धनगढी उपमहानगरपालिकामा नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा आएको बताए ।

उनका अनुसार उक्त सेवा अन्तरगत सेवाग्राहीले क्युआर कोड स्क्यान गरेर फेसबुक, ट्वीटर, इन्स्टाग्राम, वाट्स एप मार्फत पनि गुनासा तथा सुझावहरु टिपाउन सक्ने व्यवस्था मिलाइएको छ ।

गुनासा तथा सुझाव संकलनका लागि यूएनडीपीको सहयोगमा उपमहानगरपालिकाले छुट्टै जनगुनासो इकाइ पनि बनाएको छ । जनगुनासाका लागि १६६०९१५२७७७ को टोल फ्री नम्बर पनि राखिएको छ ।

नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा शुभारम्भ गर्दै धनगढीका मेयर गोपाल हमालले धनगढीलाई भ्रष्टाचार मुक्त उपमहानगरपालिका बनाउन सबैको सहयोग आवश्यक भएको बताए ।

उनले उपमहानगरपालिकाबाट प्रवाह हुने सेवासुविधालाई छिटोछरितो प्रवाह गर्दै भ्रष्टाचार मुक्त नगर बनाउने चाहानामा सबैले साथ दिनेमा पनि विश्वस्त रहेको बताएका छन् ।

नमस्ते मेयर जनगुनासो सुनवाइ सेवामार्फत सर्वसाधारणले टिपाउने गुनासा सकभर छिटोछरितो सम्बोधन गर्ने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जनाएको छ ।

जनगुनासो सुनवाइ सेवा शुभारम्भ गर्नुभन्दा पहिले धनगढी चौराहदेखि उपमहानगरपालिका परिसरसम्म भ्रष्टाचारविरुद्ध ¥याली समेत निकालिएको थियो । प्रमोद पन्तले गोदावरी न्युजमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने वन अधिकृत मन्त्रालयबाटै पक्राउ
कैलाली

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने वन अधिकृत मन्त्रालयबाटै पक्राउ

चैत्र २, २०८२
बर्दगोरियामा एनएमबि लघुवित्तद्वारा मृत्यु दाबी बीमा रकम हस्तान्तरण
कैलाली

बर्दगोरियामा एनएमबि लघुवित्तद्वारा मृत्यु दाबी बीमा रकम हस्तान्तरण

मंसिर ११, २०८२
धनगढीमा पनि जेनजीको प्रर्दशन
देश/राष्ट्रिय

धनगढीमा पनि जेनजीको प्रर्दशन

भदौ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व