बझाङ – जिल्लामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका २ लिमतोली बस्ने अन्दाजी २६ वर्षीया दुर्गादेवी बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।
घरबाट तोलीभिडा भन्ने ठाउँमा घाँस काट्न गएकी बोहराको शनिबार दिउँसो भिरबाट लडेर घटनास्थलमै ज्यान गएको वडाध्यक्ष मानबहादुर बोहराले बताए। गोदावरी न्युज बाट सभार






Discussion about this post