सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोट नगरपालिकाद्धारा नवनिर्वाचित उम्मेदवारहरुलाई स्वागत तथा शुभकामना आदान प्रदान

महेन्द्रनगर । वेदकोट नगरपालिकाले मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका उम्मेदवारहरुलाई स्वागत तथा कार्यकालको सफलताको शुभकामना कार्यक्रमको आयोजना गरेको छ । निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्यहरलाई नगरपालिकाको सभा हलमा स्वागत गरिएको हो ।

उक्त निर्वाचन क्षेत्रबाट प्रदेश तर्फ नेपाली काँग्रेसबाट बहादुरसिंह थापा, नेकपा माववादीबाट ओम बिक्रम भाट सरल तथा प्रतिनिधी सभाबाट नारायणप्रकाश साउद निर्वाचित भएका छन् । उक्त कार्यक्रममा आफनो मन्तव्य राख्ने क्रममा नवनिर्वाचित उम्मेदवार साउदले वेदकोट नगरपालिकाको समर्ग विकासका लागि सबै शत्तिःले एक ठाँउमा भएर समन्वय तथा हातेमाले गरेर अगाढी बढनुपर्ने तथा वेदकोट नगरपालिकामा रहेको सामुदायिक पशु व्यवस्थापन गर्नको लागि नगरपालिको प्रशासनलाई निर्देशन दिएका छन् ।

EPSON MFP image
Mahakali Polytechnic

साथै, उक्त व्यवस्थापन गर्दा आर्थिक समस्यालाई संघ तथा प्रदेश सरकारसँग समन्वय गरी उक्त कार्यलाई यथासिघ्र संचालनको गर्नका लागि प्रशासनलाई निर्देशन दिएका हुन् । सबै जनताले दिएको मायाले गर्दा आफु निर्वाचित भएकाले समपुर्ण आम जनतालाई सदैव उनिहरुको पक्षमा रहेर उनिहरुको समस्यालाई ध्यानमा राखेर आफुले विकास निर्माणको योजना लगायतका विषयमा गम्भिर भएर लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् । साथै निर्वाचनलाई शान्तीपूर्णरुपमा सम्पन्न गर्नका लागि साथ र सहयोग गर्नुहुने सम्पुर्ण नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी, आमजनता, जनप्रतिनिधी लगायतलाई धन्यवाद ज्ञापन गरेका छन् ।

World Link Ads

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.