सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नवनिर्वाचित सांसद्हरुलाई प्रमाणपत्र प्रदान

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा मकवानपुरबाट निर्वाचित सांसद्हरुलाई आज प्रमाणपत्र प्रदान गरिएको छ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला र निर्वाचन क्षेत्र नम्बर–२ का निर्वाचन अधिृकत मुकुन्दहरि पौडेलले प्रतिनिधि सभाका २ जना र प्रदेशसभाको ४ जना सांसद्लाई प्रमाणपत्र प्रदान गरेका हुन्।

क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वाचित राप्रपाका दिपकबहादुर सिंह, सो क्षेत्रबाट क्रमश प्रदेशसभा (१) मा निर्वाचित नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी, प्रदेशसभा (२) मा निर्वाचित नेकपा एमालेका एकालाल श्रेष्ठले प्रमाणपत्र ग्रहण गरेका छन्।

त्यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा एमालेका महेश बर्तौला, सोही क्षेत्रको प्रदेशसभा (१) मा निर्वाचित नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान र प्रदेशसभा (ख) मा निर्वाचित नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले पनि प्रमाणपत्र ग्रहण गरेका हुन्।

Mahakali Polytechnic

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले निर्वाचनलाई शान्तिपूर्ण वाताबरण स्वच्छ, निस्पक्ष एवम् भयरहित तबरबाट सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले नवनिर्वाचित सांसद्हरुलाई शुसासन, विकास र समृद्धितर्फ अघि बढ्न शुभकामना दिए।

World Link Ads

त्यस्तै क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत पौडेलले जनताको प्रतिनिधित्व गर्ने सांसद्हरुले दलभन्दा माथि उठेर देश र जनताप्रति उत्तरदायी भएर काम गर्न शुभकामना दिए।

Sana Kishan

निर्वाचनमा क्षेत्र नम्बर २ मा निर्वाचित बर्तौलाले ३४ हजार ९५०, २ (१) मा निर्वाचित मोक्तानले १९ हजार ९०९, २ (२) मा निर्वाचित बानियाँले १८ हजार ९४४ मत पाएका थिए।

त्यस्तै क्षेत्र नम्बर १ मा निर्वाचित सिंहले २७ हजार ८५१, १(१) मा मा निर्वाचित पुलामीले १९ हजार ७३३ र १(२) मा निर्वाचित श्रेष्ठले १४ हजार २४७ मत पाएका थिए। बलराम पुडासैनीले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.