Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नुवाकोटको कारागारलाई उद्योग कारागारका रुपमा विकास गरिन्छ – गृहमन्त्री लेखक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ भाद्र १६, आईतवार ०७:०५
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभइ उत्पादक कारागारका रुपमा विकास गरिने बताएका छन् । शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताएका हुन् ।

‘गृह मन्त्रालयले निर्धारण गरेको १० वटा काम मध्ये नुवाकोटमा रहेको कारागार संचालन गर्ने हाम्रो सय दिनमा गर्ने काम मध्येको एक हो । यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने छौं । यहा प्रशस्त जाग्गा छ,’ उनले भने ‘त्यसको उपयोग गर्ने हो । कारागार विस्तार र यहाँका कैदीबन्दीलाई विभिन्न सीप सिकाए यही कारागार परिसरभित्र विभिन्न वस्तु उत्पादन गर्न लगाइने छ । यसले कैदीबन्दीको आर्थिक उपार्जन हुन्छ भने त्यो समान बाहिर लगेर बिक्री गर्दा यो ठाउको पनि आर्थिक विकास हुन्छ ।’

कारागारमा ठुलो संख्यामा मान्छे बस्ने भन्दै त्यसले यहाँको आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे । ;यहाँ बस्ने कैदीबन्दी र सुरक्षाकर्मीले त्यहाँकै खाद्य र लुगालत्ता किन्नुहुन्छ । यसले यहाँको आर्थिक विकास हुन्छ,’ गृहमन्त्री लेखकले भने ।

कारागार बस्ने कैदीबन्दीको पनि मानव अधिकार हुने भएकाले आधुनिक सुविधा सम्पन्न र ठूलो कारागार बनाइएको उनको भनाइ थियो । ‘अहिलेको सरकार लोकतन्त्र, विधिको शासन र मानव अधिकारमा प्रतिबद्ध छ । संक्रमणकालीन न्याय सम्बन्ध कानुन बनाउँदा पनि हामीले मानवअधिकारको कुरालाई प्राथमिकता दिँदा आज कानुन पारित हुँदा संसारले स्वागत गरेको छ । त्यसले वर्तमान सरकार मानवअधिकारको विषय प्रतिबद्ध छ,’ उनले भने ।

२८ हजार कैदीबन्दी रहेकामा १२-१३ हजार क्षमताको कारागार मात्र रहेका भन्दै अब कैदीबन्दीको चाप घढ्ने गृहमन्त्री लेखकले बताए ।

‘अत्यन्त कम भौतिक संरचनामा कैदीबन्दी राख्नु परेको छ । यो जटिलतालाई सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला नेतृत्वको सरकारले नुवाकोटमा ७ हजार कैदीबन्दी अटाउने कारागार निर्माणको योजना बनायो । अब कैदीबन्दीको चाप घट्ने छ,’ उनले भने ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : यस्तो सम्भावित कार्यसूची
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : यस्तो सम्भावित कार्यसूची

२०८१ भाद्र १६, आईतवार ०७:०५
प्रतिनिधिसभाका तीन सांसद निलम्बनमा, यस्तो छ निलम्बनको कारण !
राजनीति

प्रतिनिधिसभाका तीन सांसद निलम्बनमा, यस्तो छ निलम्बनको कारण !

२०८१ भाद्र १६, आईतवार ०७:०५
सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नियुक्त (नामावली)
राजनीति

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नियुक्त (नामावली)

२०८१ भाद्र १६, आईतवार ०७:०५

Discussion about this post

नयाँ प्रकाशित

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

२०८१ भाद्र १६, आईतवार ०७:०५
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

२०८१ भाद्र १६, आईतवार ०७:०५
परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

२०८१ भाद्र १६, आईतवार ०७:०५
आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८१ भाद्र १६, आईतवार ०७:०५
हेर्नुहोस् कहाँ कहाँ छ वर्षाको सम्भावना !

अझै ३ दिन पानी पर्ने, ‘प्रि–मनसुन’ मै ‘मनसुन’ को जस्तो वर्षा

२०८१ भाद्र १६, आईतवार ०७:०५
यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

२०८१ भाद्र १६, आईतवार ०७:०५

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व