कञ्चनपुर : कैलालीको अत्तरिया बसपार्कको एक पुरुषको वेवारिस शव फेला परेको छ। शनिबार बिहान ११ बजे गोदावरी नगरपालिका– २ अत्तरिया बसपार्कस्थित प्रतिक्षालयको पेटीमा उक्त शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीका अनुसार निलो जिन्स पाइन्ट, निलो रङको सर्ट, तालु खुइलिएको, मंगोलियन मुलुक जस्तो देखिने अन्दाजी ५५÷६० वर्षीय ती पुरुषको पहिचान भएको छैन। अहिले पोष्टमार्टमका लागि शव लाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको उनले बताए। दिनेश खबर
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post