सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर : धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका २ सन्तोषी टोलबाट कमल भुल, नवीन दौल्याल र विनोद सिंह पक्राउ परेका प्रहरीले बताएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई सोमबार साँझ सडकबाटै अवैध लागुऔषध (चरेश जस्तो देखिने पदार्थ) सहित पक्राउ गरिएको हो। उनीहरुको साथबाट ७५० ग्राम लागुऔषध बरामद गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.