Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निर्वाचन प्रणालीले भ्रष्ट हुन सिकाउने र भ्रष्टाचार गर्न लगाउने भयो : चन्द

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ आश्विन १०, सोमबार १०:५४
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो देशमा गम्भीर राजनीतिक बिचलन आएको छ । राजनीतिमा आदर्श, ईमानदारी, नैतिकता, जनता र देश प्रतिको संवेदनशिलतामा ठुलो ह्रास आएको छ। त्यस्तो ह्रास तीव्रताका साथ अगाडी बढ्दैछ । सबै भन्दा घातक कुरा राजनीतिमा पैसा हाबी भएको छ।अधिकांश नेताहरुमा आफ्नो इमेज र कामले भन्दा मसल र पैसाले चुनाव जित्न सकिन्छ भन्ने मनोबिज्ञान बन्दै गयो।

चुनावका लागि मनी, मसल र पावरको खोजीमा दौडिन थाले। नेताहरु डन पाल्ने, ठेकदार, मेनपावर संचालक र व्यापारीहरुको संरक्षण गर्ने तिर लाग्न थाले। कार्यक्रर्ता महँगा भए, केहि पार्टीमा बिगत देखि नै पैसा नभैइ चुनावमा नहिड्ने प्रवृति शुरु भएको देखिन्थ्यो। मतदाता र उम्मेदवारको किनबेच सम्मका गतिविधि देखा पर्न थाले। एउटा व्यक्तिले चुनाव जित्न दशौ करोड रुपैयाँ खर्च गरिनु पर्ने अवस्था आयो। अनि कसरी जुटाउने निर्वाचन खर्च? खर्चिलो र भड्किलो चुनावको खर्चको चिन्ताले कतिपय नेताहरु पछाडि हटेका समेत छन।

पहिले राजनीतिलाई त्याग, आदर्श , नैतिकता , ईमानदारी, सादगी, जीवनशैली र जनताको भलाई गर्ने नितिका रूपमा लिइन्थ्यो। त्यसैले नेता र कार्यकर्ता सादगी हुन्थे, काम चलाउ किसिमको लगाउने र भोक मार्न जस्तो पनि खाने गर्दथे। उनीहरुलाई बास बस्न जस्तो ओछ्यान भए पनि हुन्थ्यो । जनता र कार्यकर्ता भने पछि नेता हुरुक्कै हुन्थे र कार्यकर्ता पनि नेता भने पछि औधि माया र सम्मान गर्दथे। नेता– कार्यकर्ता दुबै अनुशासित हुन्थे।

उनीहरुमा बडप्पन र अहंकार हुदैनथ्यो।आर्को जिल्ला जादा नेताहरु कार्यकर्ताकै घरमा बस्दथे र जे जस्तो उपलब्ध हुन्थ्यो मिठो मानेर खान्थे। किनभने एकातिर भोक हुन्थ्यो र साथमा पैसा हुदैनथ्यो भने अर्को तिर कार्यकर्ताको घरको स्नेह हुन्थ्यो ।त्यसैले नेताहरुले कार्यकर्ता र जनताका मन जितेका थिए। उनीहरूबीच आपसमा हार्दिकता र सम्मान भाव हुन्थ्यो।त्यसैले जनताले मौका पाए यी नेताले बिकास गर्दछन भन्ने बिश्वास गर्दथे। त्यतिखेर नेताकार्यकर्तामा ठुलो आत्मबिश्वास र आत्मसम्मान हुन्थ्यो।

क्रान्ति र शोषण , दमन तथा उत्पीडनबाट जनताको मुक्ती एक मात्र लक्ष्य भएकाले त्यसैमा उनीहरुको ध्यान केन्द्रित थियो। आफ्नो र परिवारका लागि धनार्जन र सुखसुबिधा प्रति उनीहरूको मन जादैनथ्यो। उनीहरू ठुलो उदेश्य लिएर सबै किसिमका निजि ईच्छा तथा चाहाना जागृत हुन नदिइ त्यहि उदेश्य प्राप्तिका लागि निरंकुशताविरुद्ध लोकतन्त्रको स्थापनाका लागि निरन्तर राजनीति आन्दोलनमा सक्रिय त्यागी र ईमानदार नेताकार्यकर्ताहरु हजारौं संख्यामा थिए। त्यहि कालमा कति मारिए, कति जेलमा सडाइयो, कति अङ्ग भङ्ग भए ती मध्ये अहिले केही सधैंका लागि गए, केही निष्क्रिय भए, केहि पाखा लगाइयो र केहि अझै पालो आइ हाल्छ कि भनेर कुरेर बसेका छन।

सेवाको भावना बोकेर राजनीतिमा प्रवेश गरेका नेताहरु मौका पाउना साथ भ्रष्टाचार गर्न किन उद्दत हुन्छ्न भने नेताहरुको उच्च महत्त्वकान्क्षा, बिलासि जिवनशैली, सदाचारको अभाव र महँगो निर्वाचन प्रणालीले भ्रष्टाचार बढाउने मुख्य कारण बन्दै गएको छ। खर्चिलो चुनावले गरिब मानिस चुनाव लड्न नसक्ने, राजनीतिमा स्थापित हुन नसक्ने अवस्था आएको छ। सर्वहारा गरिबको त कुरै छोड्यौ निर्वाचन लड्ने आट नै गर्दैनन् ।

करोडौं खर्च गर्नुपर्ने भएकोले हुने खाने मानिस पनि अत्तालिने अवस्था छ।नेताहरु भ्रष्टाचारमा मुछिनु निर्वाचन प्रणाली मात्रै होइन, ईमानदार त्यागी मान्छेले राजनीतिमा स्थान नपाउदा पनि भ्रष्टाचारले बढ्वा पाएको छ।सबै भन्दा चाहिने इमान भएका मानिस हो, सदाचार हो। नैतिकताको खडेरी परेको छ पैसा भए जे पनि हुन्छ भन्ने दुराचारी मानसिकता हाबि भएको छ

अधिकांश राजनीतिकर्मीहरुमा सुख सुविधा , धनार्जन, बङ्गला, गाडी, बिलासिताको नसा चढेको छ। अधिकान्स नेताहरुको मन देश र जनताबाट उठेर आफु र आफ्नो परिवारमा केन्द्रित भएको छ।नेताहरुको जीवनशैली जनताले रुचाउने खालको छैन। जीवनशैलीलाई तब स्वाभाविक मान्न सकिन्थ्यो यदि त्यस्तो जीवनशैली शुद्ध बैधानिक आयबाट अपनाएको भए । तर जीवनशैली र स्तर हेर्दा त्यो बैधानिक आयबाट बनेको हो भन्ने पत्यार लाग्दैन। यसमा आपती हो। जनताको अवस्थामा परिवर्तन नहुने र नेताहरुको जीवन मात्र कायापलट हुने कुराले सबैको मन कुडिएको छ।

यो भन्दा पनि गम्भीर कुरा के छ भने हिजो पैसा कमाउनका लागि सबै किसिमका अनैतिक र निष्कृष्ट काम गरेर जनताका नजरमा गिरेका मानिसहरु आज पैसाको बलमा प्रतिनिधि सभा र प्रदेश सभा संसद सदस्य भएका छन। पैसाकै बलमा कोही मन्त्री समेत भैसकेका छन। निरंकुशताविरुद्ध लोकतन्त्र प्राप्तिका लागि जिवनभर लडेका तथा त्याग र संघर्षका प्रतिमुर्तिहरुले चुनावमा पार्टीबाट टिकट सम्म नपाएर थन्किएर बसेका छन। तिनकै सामुन्ने ती पैसावाल संसदमा माननीयको लोगो लगाएर हिडेका छन ।

अथार्त योग्यता, क्षमता, त्याग र आदर्शको राजनीतिलाई धनले उछिनेको छ। पैसाले किनारा लगाइ दिएको छ। कतिपय समानुपातिक र प्रत्यक्षबाट म्यानपावर कम्पनी चलाउने, एनजिओ चलाउने, ठुल ठुला उधोग धन्दा व्यापार व्यवसाय चलाउने उधोगी व्यापारी संसद भएर कर सम्बन्धि कानुन बनाउने भएका छन। ठेकदारहरु संसद भएर सार्वजनिक निर्माण सङ्ग सम्बन्धित संसदिय समितिमा बसेर ठेक्का सम्बन्धि नियम कानुन बनाउने भएका छन।निजि स्कुल क्लेज चलाउनेहरु संबंधित समितिमा बसेर शिक्षा ऐन बनाउने भएका छन। निजि बैंकका मालिकहरु माननीय भएर बैंकिङ्ग ऐन बनाउने संसदिय समितिमा पुगेका छन।

केहि पार्टीहरुमा हाकाहाकी संसदको सिट वा टिकट पैसामा बिक्रि गर्ने गरिएको सुनिन्छ। यो क्रम बढदै जादा सबैले कानुन द्धारा आ–आफ्ना पेसा, व्यवसायको रक्षा गर्ने भए भने देश र जनताको स्वार्थको रक्षा कसले गर्ने? प्रश्न उब्जेको छ। भ्रष्टाचारीहरुलाई कानुनको कठघरामा कडाइका साथ उभ्याउन नसक्दा गैरकानुनी आर्जन र श्रोत नखुलेका सम्पतिले समाज र शासन प्रणालीलाई दुसित बनाउन थालेको छ। नेपालको निर्वाचन प्रणाली खर्चिलो र भडकिलो छ।

आधारभुत वर्ग सर्वहारा बर्ग÷ निम्न बर्ग समुदायका व्यक्तिले चुनाव लड्न ÷ प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा हाम्रो निर्वाचन प्रणाली पुगेको छ। गरिव सर्वहारा बर्गले चुनाव लड्न धान गहु तोरी मसुरो बिक्रि गरेर पुग्दैन।गाई भैसी , गर गहना , घर जग्गा बिक्रि गरेर पनि निर्वाचन लड्न पैसाको जोहो हुँदैन ? अनि कसरि निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुन्छ? हाम्रो निर्वाचन प्रणाली यति खर्चिलो र भड्किलो भयो कि त्यो निर्वाचन प्रणालीले भ्रष्ट हुन सिकाउने र भ्रष्टाचार गर्न लगाउने भयो। त्यसैले हाम्रो शासकीय स्वरुपलाई लोकतान्त्रिक प्रणाली अबधारणागत र आचारणगत सुधार गर्नु पर्ने देखिन्छ।

अशोककुमार चन्द

पूर्व मेयर, बेदकोट नगरपालिका, कञ्चनपुर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै
मुख्य समाचार

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ आश्विन १०, सोमबार १०:५४
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
मुख्य समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ आश्विन १०, सोमबार १०:५४
कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल
फ्ल्यास हेडिङ

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०७९ आश्विन १०, सोमबार १०:५४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ आश्विन १०, सोमबार १०:५४
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ आश्विन १०, सोमबार १०:५४
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ आश्विन १०, सोमबार १०:५४
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ आश्विन १०, सोमबार १०:५४
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ आश्विन १०, सोमबार १०:५४
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ आश्विन १०, सोमबार १०:५४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व