Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा जङ्गली हात्तीको बथान भगाउन रातभर जाग्राम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ७, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रका बासिन्दा हात्तीको बथान भगाउन रातभर जाग्राम बस्न थालेका छन् । स्थानीय किसानको खेतबारीको पाक्दै गरेको धानबाली खाने र कुल्चेर हात्तीको बथानले नोक्सान गर्न थालेपछि हात्ती भगाउन रातभरि जाग्राम बस्नु परेको हो ।

चुरे क्षेत्र नजिकका बस्तीमा पसेर किसानको धानबालीमा क्षति पु¥याउँदै आएको हात्तीको बथान वर्षा कम हुदै जादा जिल्लाको तल्लो समथर भूभागमा झरेको छ ।

बिहिबार रातिमात्रै हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ का दुई गाउँका किसानको झण्डै तीन बिघा जग्गामा लगाएको धानबाली खाएर नोक्सानी पु¥याएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार बिसहबार राति मात्रै हात्तीको बथानले गर्जमुनि र खजुवाका गरी २२ जना किसानको धानबालीमा क्षति पु¥याएको छ ।

एक जना किसानको पाँच कट्ठादेखि दश कट्ठासम्मको धान बालीमा क्षति गरेको छ । साँझ पर्नै लाग्दा धान रोपेको खेतमा आएको हात्तीको बथानले पेटभर खाएर मात्रै राति अबेर निकुञ्जमा फर्किएको स्थानीय बासिन्दा जयराज पाण्डेयले बताए ।

“धानबाली जोगाउनकै लागि रातभरि जाग्राम बस्यौँ” उनले भने, “पटाका पड्काएर र आगो बालेर मात्रै हात्ती फर्किए, निकै नोक्सानी भएको छ ।” थोरै जग्गा भएका किसानको पूरै धानबाली हात्तीले नोक्सान गरेपछि बर्षभरी खान धान बजारबाट खरिद गर्नुपर्ने अवस्था आएको उनले भने, गत महिनामात्रै शुक्लाफाँटा नगरपालिका–७ का एकजना बालिकाको हात्तीले ज्यान लिएको थियो ।

तीन वर्षदेखि हात्तीको बथानले नगरपालिका क्षेत्रमा लगातार किसानको बालीनाली र मानवीय क्षति गर्दैैै पु¥याउदै आएको छ । भदौ महिनादेखि हात्तीको बथानले नगरपालिको चुरे क्षेत्रका किसानको मात्रै ३० बिघा बढी जग्गाको धानबालीमा क्षति पु¥याएको छ । हात्तीको बथान दैनिक बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

हात्तीकै डरले रातिको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा हिँडडुल गर्नसमेत बन्द गरेका छन् । वडा नं ५ का वडाध्यक्ष चक्रबहादुर खडकाले हात्ती नियन्त्रणका लागि भरपर्दो कार्यका लागि निकुञ्ज कार्यालय, नगरपालिका, प्रदेश र केन्द्रमा माग गरिएको बताए ।

“प्रत्येक वर्ष हात्तीले बालीनालीमा नोक्सान गर्नुका साथै स्थानीय किसानको घर भत्काउने गरेको छ, हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छु,। हालसम्म अश्वासन पाइएपनि हात्ती नियन्त्रणका लागि कार्य अगाडि बढेका छैनन्”, उनले भने, ।

बस्तीमा छुट्टाछुट्टै बथान बनाएर आउने जङ्गली हात्तीले प्रत्येक वर्ष बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, दोधारा चाँदनी नगरपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले लगाएको बालीनालीमा बढी क्षति पु¥याउदै आएको छ ।

बर्षातका बेला चुरे क्षेत्रमा रहने हात्तीको बथान वर्षा सकिएसँगै चुरेभन्दा तल्लो तराई क्षेत्रमा झरेर वितण्डा मच्चाउने गर्दछ । धानबाली काटिएपछि हात्तीको बथान भारतीय दुधुवा नेशनल पार्कतर्फ लाग्ने गरेको छ । पुनः गहुँबालीमा बाला लाग्नैलाग्दा पुनः यहाँ फर्केर नोक्सान गर्ने गरेको छ । गोदावरी न्युज बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व