सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरबाट बैतडीका लागि छुटेको बस खोड्पे बजार नजिकै दुर्घटना

कञ्चनपुरबाट बैतडीका लागि छुटेको बस खोड्पे बजार नजिकै दुर्घटना

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीका लागि छुटेको बस दुर्घटना भएको छ। शुक्रबार बिहान पाँच बजेतिर ना ७ ज २५७० नम्बरको बस बैतडीमा दुर्घटना भएको हो।

जिल्लाको पाटन नगरपालिकाको खोड्पे बजार नजिकै बस अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।बसमा सवार सबै सकुसल रहेका छन् । केहीलाई समान्य चोटपटक लागेको र उनीहरुको सिद्धेस्वर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

दुर्घटनामा मानवीय क्षति नभएको बताइएको छ। गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.