बैतडी– महाकाली नदीमा नुहाउने क्रममा बगेर दुई किशोरी बेपत्ता भएका छन्।
नदीमा नुहाउन गएका दशरथचन्द नगरपालिका–८ की १५ वर्षीया कविता टमाटा र सोही ठाउँकी १४ वर्षीया संगिता टमाटा बगेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार शुक्रबार दिउँसो करिब २ बजेतिर महाकाली नदीमा नुहाउने क्रममा उनीहरु बगेका थिए।
सँगै गएकी अर्की किशोरीले घटनाबारे बताएपछि प्रहरी खोजी कार्यमा लागेको छ। गोदावरी न्युज बाट सभार








Discussion about this post