नेपाल विद्यार्थी संघका नेता नरेश पण्डितले अनाथ बालबालिका लाई फलफुल ,शैक्षिक सामाग्री, मिष्ठान्न परिकार वितरणका साथ खाना खुवाएर आफ्नो जन्मोत्सव मनाएका छन् । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह बीबीएस तेश्रो वर्षमा अध्यनरत हुन पण्डित। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नम्बर ३ घर भएका युवा समाजसेवी विद्यार्थी नेता पण्डितले आफ्नो २४ औं जन्मोत्सवको अवसरमा महेन्द्रनगर स्थित रहेको अनाथालयमा फलफूल, शैक्षिक सामग्री, मिष्ठान्न सामग्री वितरण गर्नुका साथै खाना खुवाएर आफ्नो जन्मोत्सव मनाएको बताउनुभयो। नेवि संघ नेता पण्डितले अनाथ बालबालिकाको उज्ज्वल भविष्यको कामनाका साथै उत्तरोत्तर प्रगतिको समेत शुभकामना दिएका छन् । बाल्यकाल देखि नै समाजसेवा गर्ने निस्वार्थ भावना भएका पण्डित विद्यार्थी जिवनकालमा निरन्तर स्कुल लेबल हुँदै क्याम्पस लेबलमा निरन्तर विद्यार्थीका हकहितका लागि आवाज उठाउदै आएका छन् ।










Discussion about this post