Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कसरी रहने सधैं स्वस्थ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १५, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

अव्यवस्थित जीवनशैली, खानपान, प्रदूषण आदिका कारणले हामीले चाहेर पनि आफूलाई स्वस्थ राख्न असमर्थ भइरहेका हुन्छौं । यसबाहेक तनावपूर्ण जीवनशैलीले पनि हामीलाई स्वस्थ भइरहन दिँदैन । यसका साथै शारीरिक परिश्रमको कमी, व्यायामको कमी, अनियन्त्रित धुम्रपान तथा मद्यपान, अव्यवस्थित खान जस्ता कुराहरुले हामीलाई उमेरभन्दा अगाडि नै अस्वस्थ बनाइरहेको हुन्छ ।

स्वस्थ खानपान

हामीले आफूलाई स्वस्थ राख्ने कि नराख्ने भन्ने कुरा हामीले खाने खानाबाट तय हुन्छ । स्वस्थ खानपानले नै हामीलाई स्वस्थ राख्न सहयोग पु¥याउँछ । स्वस्थ खानपिन भन्नाले डाइटिङ गर्नु अथवा कम खानु भन्ने होइन । स्वस्थ खानपिको अर्थ हो पोषणले भरिपूर्ण सन्तुलित खानपिन ।

हामीले प्रत्येक दिन खाने खानामा हरिया सागसब्जी, फलफूल, रेसादार खाना, झोलयुक्त खाना भन्ने बुझिन्छ । हामीले आफूलाई स्वस्थ राख्नका लागि हरेक दिन चार–पाँच पटक फलफूलको सेवन गर्नैपर्छ । यसबाहेक खानामा सागसब्जीको मात्रा बढी हुुनुपर्छ । बिहान ब्रेकफास्ट गर्न भुल्नु हुँदैन । बिहानको ब्रेकफास्टले हरेक व्यक्तिलाई आवश्यक उर्जा तथा शरीरका लागि आवश्यक शक्ति प्रदान गर्छ ।

सधैं सक्रिय जीवन

निष्कृय भएर घरमै बसिरहनुभयो भने तपाईंं स्वतः अस्वस्थ हुनुहुनेछ । त्यसैले सकेसम्म हरेक दिन हल्का–फुल्का भएपनि व्यायाम गर्नुपर्छ । शारीरिक व्यायामले तपाईंंको मुटुमात्र होइन शरीरका अन्य अंगहरु समेत मजबुत हुनेछन् । व्यायाम भन्नाले तपाईंंले जिमखानामा गएर पसिना नै बगाउनुपर्छ भन्ने छैन । सामान्य हिँडडुल, पौडी, साइक्लिङ, एरोबिक्स, नृत्य आदिले पनि ब्यायाम हुनसक्छ । यी क्रियाकपालहरु गर्न भ्याउनुभएन भने कम्तिमा आधा घण्टा मज्जाले हिँड्नु भयो भने पनि तपाईंंको शरीर स्वस्थ राख्न पर्याप्त हुन्छ ।

पानी जिन्दगानी

हाम्रो शरीरमा सधैं पानीको मात्र सन्तुलित भइरहनुपर्छ । शरीरमा पानीको मात्रालाई सन्तुलित बनाइराख्न अत्यधिक मात्रामा पानी पिउनुपर्छ । त्यसका लागि हामीले हरेक दिन कम्तिमा चार लिटर पानी पिउनैपर्छ । यो मात्रामा पानी पिउनु भयो भने मात्र तपाईंंले आफूलाई स्वस्थ राख्न सक्नुहुनेछ ।

गहिरो निद्रा

व्यस्तताले भरिएको जीवनमा हामी राति सुत्न समेत कम गरेका छौं । यद्यपि, स्वस्थ जीवनका लागि पूर्ण अथवा गहिरो निन्द्रा अति नै अनिवार्य छ । मस्त निदाउनाले हामी आफैं स्वस्थ बन्न सक्छौं । राम्ररी निदाउनुका आफ्नै फाइदाहरु पनि छन् । यसबाहेक हामी भित्रको डर तथा शंका–उपशंकाहरु समेत हराएर जान्छन् । त्यसैले हामीले हरेक दिन कम्तिमा ७ देखि ८ घण्टासम्म सुत्नैपर्छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरुले त हरेक दिन दश घण्टा सुतेकै हुनुपर्छ ।

नुनको सीमित प्रयोग

नुन शरीरका लागि अति आवश्यक पदार्थ हो । यद्यपि आवश्यता भन्दा बढी नुनको सेवन असाध्यै हानिकारक समेत हुन्छ । हाम्रा शरीरको रक्तचापलाई नियन्त्रणमा राख्नका लागि नुनको प्रयोग गर्ने सीमालाई हरेक दिन छ ग्राममा सीमित पार्नुपर्छ । उच्च रक्तचापबाट पीडित भएकाहरुले त यो उपाय अपनाउनै पर्ने चिकित्सकहरुले बताइसकेका छन् । स्वस्थ मानिसले सकेसम्म कमै मात्रामा नुन प्रयोग गरेको राम्रो हुन्छ ।

अझ बृद्ध उमेरका व्यक्ति तथा मोटोपनाको शिकार भएका व्यक्तिहरुले त नुनको मात्रालाई सीमित गर्नैपर्छ । नुनको सेवनलाई नियन्त्रणमा राख्न सकियो भने मुटु रोगीहरुले प्रसस्त फाइदा पाउन सक्छन् । त्यसो त आवश्यकताभन्दा कम नुनको सेवन पनि हानिकारक हुन्छ । नुनको मात्रा अत्यधिक घट्यो भने रक्तचाप घटेर व्यक्ति बेहोस नै पनि हुनसक्छ । त्यसैले आवश्यकताभन्दा बढी अथवा कम भन्दा पनि ठिक मात्रामा नुनको सेवन गर्नु फाइदाजनक हुनेछ ।

तौलमा नियन्त्रण

तौललाई सकेसम्म नियन्त्रण गर्नु नै फाइदाजनक हुने छ । तपाईंंको उचाई अनुसार तौल निर्धारण गर्ने वैज्ञानिक तरिका पनि छ । त्यसैले आफ्नो उचाई अनुसार तपाईंंको तौल बढी छ भने त्यसलाई घटाउनु नै बुद्धिमानी हुन्छ । शरीरमा बोसोको मात्रा बढी भएपछि हाम्रो तौल बढ्छ । हामी मोटाघाटा देखिन्छौं । बोसो बढी हुनु भनेको मुटु रोग तथा मधुमेह जस्ता रोगलाई निम्त्याउनु हो । नियमित व्यायाम गरेर तथा खानपिनमा ध्यान दिएर हामीले आफ्नो तौललाई नियन्त्रणमा राख्न सक्छौं र आफूलाई स्वस्थ बनाउन सक्छौं ।

मद्यपान र धुम्रपानरहित जीवन

मद्यपान र धुम्रपान स्वास्थका लागि सधैं नै हानिकारक मानिन्छन् । त्यसैले स्वस्थ जीवन जीउन चाहनेले यी दुबै कुराबाट जोगिनु नै उत्तम हुन्छ । हरेक दिन मद्यपान गर्नाले उच्च रक्तचापको समस्या पैदा हुन्छ । अत्यधिक मदिरापानले रक्तचाप बढ्यो भने त्यसलाई घटाउन निकै गाह्रो पर्छ । एउटा अनुसन्धानले उच्च रक्तचाप भएका बिरामीहरुले एक–दुई पेगभन्दा बढी मदिरापान नगर्ने सल्लाह दिएको छ ।

नियमित स्वास्थ्य जाँच

हामी मध्ये अधिकांश व्यक्तिहरु प्रायः बिरामी भएपछि मात्र चिकित्सककहाँ जाने गर्छौं । यो असाध्यै खराब बानी हो । त्यसैले इमर्जेन्सी नभए पनि बेला–बेलामा अस्पताल गएर आफ्नो शरीरको नियमित जाँच गराइरहनु पर्छ । अत्याधुनिक जीवनशैलीका कारण पनि हामीले नियमित स्वास्थ परीक्षण गरिरहनु पर्छ । यसरी नियमित स्वास्थ परीक्षण गर्नाले गम्भीर स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । यसबाहेक उच्च रक्तचापका बिरामीहरुले हरेक दिन ब्लड प्रेसर जाँच्नुपर्छ । यदि रक्तचापमा घटबढ भयो भने तुरुन्त चिकित्सकसँग परामर्श गर्नुपर्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३
सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो

हप्ताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व