सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कसरी रहने सधैं स्वस्थ ?

अव्यवस्थित जीवनशैली, खानपान, प्रदूषण आदिका कारणले हामीले चाहेर पनि आफूलाई स्वस्थ राख्न असमर्थ भइरहेका हुन्छौं । यसबाहेक तनावपूर्ण जीवनशैलीले पनि हामीलाई स्वस्थ भइरहन दिँदैन । यसका साथै शारीरिक परिश्रमको कमी, व्यायामको कमी, अनियन्त्रित धुम्रपान तथा मद्यपान, अव्यवस्थित खान जस्ता कुराहरुले हामीलाई उमेरभन्दा अगाडि नै अस्वस्थ बनाइरहेको हुन्छ ।

स्वस्थ खानपान

हामीले आफूलाई स्वस्थ राख्ने कि नराख्ने भन्ने कुरा हामीले खाने खानाबाट तय हुन्छ । स्वस्थ खानपानले नै हामीलाई स्वस्थ राख्न सहयोग पु¥याउँछ । स्वस्थ खानपिन भन्नाले डाइटिङ गर्नु अथवा कम खानु भन्ने होइन । स्वस्थ खानपिको अर्थ हो पोषणले भरिपूर्ण सन्तुलित खानपिन ।

World Link Ads
Mahakali Polytechnic

हामीले प्रत्येक दिन खाने खानामा हरिया सागसब्जी, फलफूल, रेसादार खाना, झोलयुक्त खाना भन्ने बुझिन्छ । हामीले आफूलाई स्वस्थ राख्नका लागि हरेक दिन चार–पाँच पटक फलफूलको सेवन गर्नैपर्छ । यसबाहेक खानामा सागसब्जीको मात्रा बढी हुुनुपर्छ । बिहान ब्रेकफास्ट गर्न भुल्नु हुँदैन । बिहानको ब्रेकफास्टले हरेक व्यक्तिलाई आवश्यक उर्जा तथा शरीरका लागि आवश्यक शक्ति प्रदान गर्छ ।

Dirghayu Ads

सधैं सक्रिय जीवन

निष्कृय भएर घरमै बसिरहनुभयो भने तपाईंं स्वतः अस्वस्थ हुनुहुनेछ । त्यसैले सकेसम्म हरेक दिन हल्का–फुल्का भएपनि व्यायाम गर्नुपर्छ । शारीरिक व्यायामले तपाईंंको मुटुमात्र होइन शरीरका अन्य अंगहरु समेत मजबुत हुनेछन् । व्यायाम भन्नाले तपाईंंले जिमखानामा गएर पसिना नै बगाउनुपर्छ भन्ने छैन । सामान्य हिँडडुल, पौडी, साइक्लिङ, एरोबिक्स, नृत्य आदिले पनि ब्यायाम हुनसक्छ । यी क्रियाकपालहरु गर्न भ्याउनुभएन भने कम्तिमा आधा घण्टा मज्जाले हिँड्नु भयो भने पनि तपाईंंको शरीर स्वस्थ राख्न पर्याप्त हुन्छ ।

पानी जिन्दगानी

हाम्रो शरीरमा सधैं पानीको मात्र सन्तुलित भइरहनुपर्छ । शरीरमा पानीको मात्रालाई सन्तुलित बनाइराख्न अत्यधिक मात्रामा पानी पिउनुपर्छ । त्यसका लागि हामीले हरेक दिन कम्तिमा चार लिटर पानी पिउनैपर्छ । यो मात्रामा पानी पिउनु भयो भने मात्र तपाईंंले आफूलाई स्वस्थ राख्न सक्नुहुनेछ ।

गहिरो निद्रा

Sana Kishan

व्यस्तताले भरिएको जीवनमा हामी राति सुत्न समेत कम गरेका छौं । यद्यपि, स्वस्थ जीवनका लागि पूर्ण अथवा गहिरो निन्द्रा अति नै अनिवार्य छ । मस्त निदाउनाले हामी आफैं स्वस्थ बन्न सक्छौं । राम्ररी निदाउनुका आफ्नै फाइदाहरु पनि छन् । यसबाहेक हामी भित्रको डर तथा शंका–उपशंकाहरु समेत हराएर जान्छन् । त्यसैले हामीले हरेक दिन कम्तिमा ७ देखि ८ घण्टासम्म सुत्नैपर्छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरुले त हरेक दिन दश घण्टा सुतेकै हुनुपर्छ ।

नुनको सीमित प्रयोग

नुन शरीरका लागि अति आवश्यक पदार्थ हो । यद्यपि आवश्यता भन्दा बढी नुनको सेवन असाध्यै हानिकारक समेत हुन्छ । हाम्रा शरीरको रक्तचापलाई नियन्त्रणमा राख्नका लागि नुनको प्रयोग गर्ने सीमालाई हरेक दिन छ ग्राममा सीमित पार्नुपर्छ । उच्च रक्तचापबाट पीडित भएकाहरुले त यो उपाय अपनाउनै पर्ने चिकित्सकहरुले बताइसकेका छन् । स्वस्थ मानिसले सकेसम्म कमै मात्रामा नुन प्रयोग गरेको राम्रो हुन्छ ।

अझ बृद्ध उमेरका व्यक्ति तथा मोटोपनाको शिकार भएका व्यक्तिहरुले त नुनको मात्रालाई सीमित गर्नैपर्छ । नुनको सेवनलाई नियन्त्रणमा राख्न सकियो भने मुटु रोगीहरुले प्रसस्त फाइदा पाउन सक्छन् । त्यसो त आवश्यकताभन्दा कम नुनको सेवन पनि हानिकारक हुन्छ । नुनको मात्रा अत्यधिक घट्यो भने रक्तचाप घटेर व्यक्ति बेहोस नै पनि हुनसक्छ । त्यसैले आवश्यकताभन्दा बढी अथवा कम भन्दा पनि ठिक मात्रामा नुनको सेवन गर्नु फाइदाजनक हुनेछ ।

तौलमा नियन्त्रण

तौललाई सकेसम्म नियन्त्रण गर्नु नै फाइदाजनक हुने छ । तपाईंंको उचाई अनुसार तौल निर्धारण गर्ने वैज्ञानिक तरिका पनि छ । त्यसैले आफ्नो उचाई अनुसार तपाईंंको तौल बढी छ भने त्यसलाई घटाउनु नै बुद्धिमानी हुन्छ । शरीरमा बोसोको मात्रा बढी भएपछि हाम्रो तौल बढ्छ । हामी मोटाघाटा देखिन्छौं । बोसो बढी हुनु भनेको मुटु रोग तथा मधुमेह जस्ता रोगलाई निम्त्याउनु हो । नियमित व्यायाम गरेर तथा खानपिनमा ध्यान दिएर हामीले आफ्नो तौललाई नियन्त्रणमा राख्न सक्छौं र आफूलाई स्वस्थ बनाउन सक्छौं ।

मद्यपान र धुम्रपानरहित जीवन

मद्यपान र धुम्रपान स्वास्थका लागि सधैं नै हानिकारक मानिन्छन् । त्यसैले स्वस्थ जीवन जीउन चाहनेले यी दुबै कुराबाट जोगिनु नै उत्तम हुन्छ । हरेक दिन मद्यपान गर्नाले उच्च रक्तचापको समस्या पैदा हुन्छ । अत्यधिक मदिरापानले रक्तचाप बढ्यो भने त्यसलाई घटाउन निकै गाह्रो पर्छ । एउटा अनुसन्धानले उच्च रक्तचाप भएका बिरामीहरुले एक–दुई पेगभन्दा बढी मदिरापान नगर्ने सल्लाह दिएको छ ।

नियमित स्वास्थ्य जाँच

हामी मध्ये अधिकांश व्यक्तिहरु प्रायः बिरामी भएपछि मात्र चिकित्सककहाँ जाने गर्छौं । यो असाध्यै खराब बानी हो । त्यसैले इमर्जेन्सी नभए पनि बेला–बेलामा अस्पताल गएर आफ्नो शरीरको नियमित जाँच गराइरहनु पर्छ । अत्याधुनिक जीवनशैलीका कारण पनि हामीले नियमित स्वास्थ परीक्षण गरिरहनु पर्छ । यसरी नियमित स्वास्थ परीक्षण गर्नाले गम्भीर स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । यसबाहेक उच्च रक्तचापका बिरामीहरुले हरेक दिन ब्लड प्रेसर जाँच्नुपर्छ । यदि रक्तचापमा घटबढ भयो भने तुरुन्त चिकित्सकसँग परामर्श गर्नुपर्छ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.