Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यदि मधुमेह छ भने यस्तो फल नखाएकै राम्रो !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ असार १३, सोमबार २१:१५
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मधुमेह मोटाबोलिज्मको विकारको कारण पैदा हुन्छ, जसले दीर्घकालिन असर गर्छ । अहिले नेपाली समाजमा मधुमेहको रोगी प्रतिदिन बढ्दो छ । निस्किय जीवनशैली र अनियन्त्रित खानपानको कारण धेरैजसो मधुमेहको शिकार बनेका छन् । त्यसो त यो वंशानुगत रुपमा पनि अर्को पुस्तामा देखापर्ने गर्छ । त्यसैले परिवारमा कसैलाई मधुमेह छ भने अरुले पनि सर्तकता अपनाउनु पर्छ ।

शरीरको अंगले गर्ने कार्यसंचालनमा हुने गडबढीले यो रोग निम्त्याउँछ । खासगरी अन्नाशयमा इन्सुलिन नामको हर्मोन उत्पादन हुन नसक्दा मधुमेह हुन्छ । यो दुई अवस्थाको हुन्छ ।

 

 

 

टाइप– १

यस प्रकारको मधुमेह निकै घातक हुन्छ । यसमा शरीरमा इन्सुलिन बन्ने काम पूर्ण रुपले बन्द हुन्छ । यस किसिमको रोगी विश्वमै केवल १० प्रतिशत छन् ।

टाइप– २

यस किसिमको मधुमेह ब्लड सुगरको लेभल धेरै बढ्नाले हुन्छ, जसको नियन्त्रण गर्नु मुश्किल हुन्छ ।

अतः मधुमेह रोगीले खानपानमा खास सावधानी अपनाउनुपर्छ । अनियन्त्रित खानपान पनि मधुमेहको एक प्रमुख कारण हो । यसका रोगीले के कस्ता फलफूल सेवन गर्नु हुँदैन त ?

केरा

१ सय ग्राम केरामा लगभग १२ ग्राम चिनी हुन्छ । यस हिसाबले मध्यम आकारको केरामा लगभग ३० ग्राम चिनी र कार्बोहाइड्रेट हुन्छ । यसको सेवनले ब्लड सुगर लेबल बढ्छ ।

आँप

१ सय ग्राम आँपमा लगभग १४ ग्राम चिनी हुन्छ । यतिमात्र होइन, एक आँपमा लगभग ३० देखि ३५ ग्राम चिनी हुन्छ । किनभने यो गुलियो फल हो, जसमा चिनीको मात्रा अधिक हुन्छ । आँपको सेवन मधुमेह रोगीको लागि हानिकारक हुन्छ ।

तरबुजा

सय ग्रामको तरबुजामा केवल ६ ग्राम चिनी हुन्छ । तर, चिनीको मात्रा कति छ भन्ने कुरा तरबुजाको आकारमा पनि भर पर्छ । किनभने एक तरबुजामा लगभग ५० ग्राम चिनी हुन्छ । यसलाई कम मात्रामा खाने हो भने खासै असर गर्दैन ।

स्टबेरी

स्टबेरी खानुमा स्वादिलो र रसिलो हुन्छ । त्यतीमात्र होइन, १ सय ग्राम स्ट्रबेरीमा केवल ५ ग्राम चिनी हुन्छ । यद्यपी आवश्यक्ता भन्दा बढी सेवन गर्दा यसले पनि ब्लड सुगर लेभल बढाउन सक्छ ।

भुँइकटहर

एक सय ग्राम भुँइकटहरमा १० ग्राम चिनी हुन्छ । त्यसैले मधुमेह रोगीले यो फल सेवन नगरेकै राम्रो ।

अंगुर

अंगुर पनि मधुमेह रोगीको लागि अनुकुल फल होइन । किनभने १ सय ग्राम अंगुरमा १६ ग्राम चिनी हुन्छ । यसले ब्लड सुगर लेभल बढाउँछ ।

के गर्ने ?

– मधुमेह रोगीले खानपानमा सावधानी अपनाउने । सकेसम्म थोरै–थोरै खाना तर धेरै पटक सेवन गर्ने ।

– सधै सक्रिय रहने । हिँडडुल गरिरहनुहोस् । वा घरको सानोतिनो काम गर्न सकिन्छ ।

– व्यायाम गर्ने, योग गर्ने ।

– नियमित रुपमा ग्रीन टि सेवन गर्ने ।

– रगतबाट सुगर लिनमा फाइबरको महत्वपूर्ण योगदान हुन्छ । त्यसैले गहुँ, ब्राउन राइस जस्ता खानेकुरा सेवन गर्नुपर्छ ।

– उपवास नगर्नुहोस् ।

लक्षण

– चाढै थकान महसुष हुनु

– तौल घट्नु

– धेरै तिर्खा लाग्नु

– पटक पटक पिसाब लाग्नु

– घाउ वा चोट निको हुन लामो समय लाग्नु

के खाने ?

– करेलाको रस

– अमलाको रस पानीमा मिलाएर पिउने ।

– घिउकुमारीलाई रातभर एक गिलास पानीमा राख्ने र विहान सेवन गर्ने ।

– रातभर भिजाएको मेथी विहान खाली पेटमा पिउने

 

(अनलाइनखबर बाट सभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार १३, सोमबार २१:१५
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ असार १३, सोमबार २१:१५
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ असार १३, सोमबार २१:१५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०७९ असार १३, सोमबार २१:१५
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ असार १३, सोमबार २१:१५
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ असार १३, सोमबार २१:१५
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ असार १३, सोमबार २१:१५
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ असार १३, सोमबार २१:१५
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ असार १३, सोमबार २१:१५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व