कञ्चनपुर – गर्मी अत्याधिक बढेपछि कञ्चनपुरको वेदकोट नगरपालिकाले यहाँका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै नगरपालिकाले बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै लामो बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख दीपकराज कलौनीले गर्मीका कारण विद्यालय बन्द गरिरहेको बताए। नौ स्थानीय तह रहेको कञ्चनपुरमा निजी ३४९ र सामुदायिक २६० विद्यालय छन् । गोदावरी न्युज बाट










Discussion about this post