अत्तरिया – धनगढीमा रुखबाट लडेर एक बालकको ज्यान गएको छ । शनिबार धनगढी उपमहानगरपालिका वडानम्बर ७ स्थित जाखोर तालमा वनफल टिप्न रुख चढेका बालकको लडेर ज्यान गएकोे हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार श्यामलाल चौधरीका १४ वर्षीय छोरा विवेक चौधरीको रुखबाट लडेर मृत्यु भएको हो ।
यस्तै उनीसँगैका १८ वर्षीय हस्त जोशी पनि लडेर घाइते भएको प्रहरीले बताइएको छ । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post