Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मझगाउँ विमानस्थल निर्माण सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १६, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाँउ विमानस्थलको निर्माण कार्य सुरु भएको छ । पहिलो चरणमा धावनमार्ग निर्माणका लागि प्रक्रिया अगाडि बढेको महेन्द्रनगर विमानस्थल आयोजनाका सहायक प्रमुख प्रकाश श्रेष्ठले जानकारी दिए ।

विमानस्थल निर्माणका लागि ठेक्का प्रक्रिया मार्फत विमानस्थलको धावनमार्ग निर्माण कार्य अगाडि बढेको उनले बताए । श्रेष्ठका अनुसार विमानस्थल निर्माणको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभीले पाएका छन् । विमानस्थलको काम तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । विमानस्थल निर्माण गर्न ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । विमानस्थल निर्माणका लागि आवश्यक जग्गा भने सरकारले उपलब्ध गराउनु पर्छ ।

मझगाउँ विमानस्थल पुनःसञ्चालन समिति संयोजक रमेश चन्दले विमानस्थल निर्माण सम्पन्न भएर सुदूरपश्चिममा पर्ने कञ्चनपुरको पर्यटन विकासको ढोका खोल्ने बताए । उनले कञ्चनपुर जिल्ला सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी पर्यटकीय सम्भावना रहेकाले विमानस्थल बन्न आवश्यक रहेको समेत बताए ।

भीमदत्त नगरपालिका–१६ का वडाध्यक्ष सुरेन्द्र विष्टले विमानस्थल निर्माणका लागि यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिहरुले चुनावी घोषणा पत्रमा नै राखेकाले सबैको सहमतिमा निर्माण कार्य सुरु भएको बताए । उनले विमानस्थल निर्माण भएर पर्यटकीय विकास तथा स्थानीयले रोजगारी पाउने बताए । विष्टले विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनपछि काठमाडौंको पहिलो उडानमा जेष्ठ नागरिकलाई निःशुल्क पशुपति घुमाउन लैजाने योजना रहेको समेत सुनाए ।

अहिले विमानस्थलको धावन मार्गमा रोलिङ र फिलिङको काम सुरु भएको छ । विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थमको पहिलो चरणमा १५ सय २५ मिटर लामो धावनमार्ग बन्नेछ ।

महेन्द्रनगर सदरमुकाम क्षेत्रबाट स्थानीय नागरिकले काठमाडौं जान कैलालीस्थित धनगढी विमानस्थल जानु पर्ने बाध्यता छ ।

विमानस्थल निर्माणका लागि तीन तहका सरकारको लगानीमा निमार्ण हुन लागेको छ । जसमा ५० प्रतिशत नागरिक उड्डयन प्राधिकरण, २५ प्रतिशत सुदूरपश्चिम प्रदेश, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधरा चाँदनी नगरपालिकाको लगानी रहेको छ । विमानस्थल सञ्चालनका लागि पुनर्निर्माणमा लगानी सहकार्य गरेका स्थानीय तहले सञ्चालन गर्नमा पनि सहकार्य गर्ने बताएका छन् । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व