Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अब माओवादी ’ब्रान्ड’ समातेर देश विकास हुँदैन : भट्टराई 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १२, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी ब्रान्ड समातेर देश विकास नहुने बताउनुभएको छ । आज शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाण्डौमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

भट्टराईले समय धेरै फेरिसकेको भन्दै अब माओवादीका नेताहरूलाई अब आर्थिक विकास र समृद्धिको बारेमा सोच्न पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘अब माओवादी ब्रान्ड समातेर देशको विकास हुँदैन । जनयुद्धप्रति मलाई गर्व छ, माओवादको एउटा फौजी पक्ष थियो, त्यसको हामीले सफलतापूर्वक प्रयोग गरेका थियौँ । तर अब जहाँसम्म आर्थिक निर्माणको पक्ष छ, पुरानो सत्ता भत्काउन त फौजी पक्षको आवश्यक्ता थियो हामीले भत्कायौँ । तर नयाँ निर्माण गर्नका निम्ति अब त अर्थ राजनीति पक्ष जरुरी छ । अब माओवादी भएर होइन, अब त्याङवादी भएर काम गरेमा आर्थिक विकास र समृद्धि ल्याउन सकिन्छ । हामीले छिटो दुई अङ्कको वृद्धि दर हासिल गर्नुछ, रोजगारी सिर्जना गर्नुछ, व्यापार घाटा घटाउनुछ र देशको तीव्र गतिले विकास गर्नुछ भने हामीले हिजोको उदारवाद र हिजोको साम्यवादको मोडेलभन्दा फरक ढङ्गले अघि जाने आँट गरौँ ।’

यस्तै नेता भट्टराईले अर्थतन्त्रलाई तथ्याङ्कको खेलबाट मुक्त गर्न युवा अर्थशास्त्रीहरूलाई सुझाव दिनुभयो । उहाँले नेपालको अर्थतन्त्र कसरी यस्तो भयो, कसरी समाधान गर्ने भन्ने कुरा सोच्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अहिले के भइरहेको छ, के चाहिएको छ, हामी गरिब छौँ, बेरोजगार छौँ, परनिर्भर छौँ, आयातमा निर्भर छौँ, पुँजीको अभाव छ, भएको पुँजी पनि खर्च गर्ने क्षमता छैन । भ्रष्टाचार छ । असमानता छ, विभेद छ । हामी सबैलाई थाहा छ । तर किन भयो, यो त रोगको लक्षण छैन । ज्वरो आयो त्यो त रोगको लक्षण हो, तर ज्वरो धेरै तरिकले आउँछ । त्यसैले ४०÷५० वर्षदेखि किन यो भइरहेको छ ? आर्थिक वृद्धि दर ३०÷४० वर्षदेखि चार प्रतिशत मात्रै छ । जबकि यो बीचमा हाम्रा छिमेकी देशहरूले हामीलाई उछिनेर अघि गइसक्यो । अनि हामी चाहिँ कहाँ चुक्यौँ ? यसबारे छलफल हुनुपर्छ ।’

भट्टराईले अर्थतन्त्रलाई तीव्र गतिले रूपान्तरण गर्नका लागि औद्योगिक रूपान्तरण गर्न आवश्यक रहेको पनि बताउनुभयो ।  उज्यालो अनलाइन बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित
राजनीति

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न
राजनीति

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व