Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

५० वर्षदेखि अर्थतन्त्रको समस्या उस्तै छ : डा. बाबुराम भट्टराई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ११, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली अर्थतन्त्रमा ४०÷५० वर्षदेखि उस्तै समस्या रहेको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराईले अर्थतन्त्रमा समस्या छन् भन्ने कुरा तथ्यांकहरुले देखाउँदा देखाउँदै पनि समाधान हुन नसकेको बताएका हुन् ।

‘धेरै पहिलेदेखि हामीले तथ्यांक हेरिरहेका छौं, तथ्यांकले समस्या देखाउँछ तर समाधान देखाउँदैन’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अर्थशास्त्री सम्मेलनलाई सम्बोधन गर्दै डा. भट्टराईले भने, ‘तथ्यांकले ह्वाट भन्ने हो, हाउ र ह्वाई भन्ने कुरा देखाउँदैन, तथ्यांक हेरेर समस्या छ भनेरमात्रै बस्नु भएन ।’

नेपालको अर्थतन्त्र धेरै पहिलेदेखि उस्तै रहेको तर नेपाल भन्दा कमजोर रहेका देशहरु धेरै माथि गइरहेको नउले बताए । भुटान र बंगलादेशको उदाहरण दिँदै उनले भने, ‘कोरिया जस्ता अरु देशको कुरा छौडौं, नजिकैका साना देशहरुले नेपाललाई उछिनेर अघि बढिसके ।’

पछिल्लो समय युवाहरु वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता रहेको भन्दै उनले भविष्यमा बुढापाकामात्रै नेपालमा बस्ने दिने आउनसक्ने बताए ।

समाजवाद उन्मुख अर्थतन्त्र भन्ने शब्दका विषयमा केही अर्थशास्त्रीहरुले निकै जोड गरेको भन्दै उनले यस्ता शब्दावली राख्नुको अर्थ पनि नरहेको बताए ।

आफू माओवादीको जल्दोबल्दो नेताको रुपमा रहँदा समाजवाद नै चाहिन्छ भन्ने र अरु पार्टीकाले उदारवाद चाहिन्छ भनेको भन्दै सबैलाई मिलाउनका लागि बीचको शब्दको रुपमा समाजवाद उन्मुख भन्ने शब्द तयार गरिएको उनले बताए । ‘समाजवाद भनेको परको कुरा हो त्यतातिर जाने भनेको हो, अहिले नै समाजवाद भन्ने हो भने त्यहाँ पुग्नै गाह्रो हुन्छ’ भट्टराईले भने । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित
राजनीति

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न
राजनीति

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व