कञ्चनपुर – इन्द्रेणी कृषि सहकारी संस्था सुन्दरपुरको १० “औँ” वार्षिक साधारणसभा सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय लाल बहादुर खडकाको प्रमुख आतिथ्यमा शनिवार कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रमका सभापति संस्थाका अध्यक्ष शिव राज भट्ट रहनु भएका थिए। कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य ,बिभिन्न पार्टीका वडा प्रतिनिधि एवम् सदस्य तथा बिभिन्न संघ, संस्था र स्थानीय सहकारी संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूको भव्य उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाकी सचिव निर्मला धामीले स्वागत मन्तव्य राखेकी हुन् भने उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, सभापति एवम् विशिष्ट अतिथिले गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष शिव राज भट्टले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा संस्थाका व्यवस्थापक लक्ष्मी प्रसाद भट्टले संस्थाको वार्षिक लेखा परिक्षण प्रतिवेदन समेत पेस गरेका थिए। कार्यक्रममा असल बचतकर्ता हरूलाई सम्मान समेत गरिएको छ।

कार्यक्रममा बि.सं. २०७७ सालको एस्ईई मा उत्कृष्ट नतिजा ल्याउने उदयदेव माध्यमिक विद्यालयका तिन जना विद्यार्थीलाई समेत सम्मान प्रदान गरिएको छ। उक्त कार्यक्रमको सञ्चालन संस्थाका सदस्य पदम बहादुर कुवरले गर्नु भएको थियो भने आजै संस्थाको नयाँ कार्य समिति समेत चयन भएको छ ।












Discussion about this post