दूध जामी धिनाली भैईगै, छाइ बनार पिझा,
फाटेको मन सिलाउनु छ, सुयो धागो दिझा ।।
बसन्त फर्केर आइग्या, आब त भेटाइझा,
साइले बास् बस्याको मुटु, अवशेष मेटाइझा ।।
लैझा तेरो बुको माया, कि उकेली फाल्झा,
कलेजी छेद पडिरैछ, थेल्का हाली टाल्झा ।।
उइल म आफनो भन्थी, ऐल पराइ सोच्ची,
फूल बनेर दिलमा बसि, काडा बनि घोच्ची ।।
सेता पाखी दाग लाग्याको, धोयाले गैगयो,
तैले हान्या बाणको तीर, मुटु मै रैगयो ।।
दुध भनी लायाको माया, छाइ बनाइ छाडिगै,
नइत खाइगै नइत लइगै, बिटुलो पाडीगै ।।
हिउचुली डाफ्या हु भन्थी, खोलिकि तितरी,
खील बनेर बस्याकी छै, मुटुका भितरी ।।
अभिन्न अङ्ग हु भन्थी, धमनी रे शिरा,
छुरा हानी नुन छर्किगै, कल्जा चिराचिरा ।।
रचना : उमेद साउद (दिपक)
पन्चेस्वर गाउपालिका ३ डुङ्गरी बैतडी









Discussion about this post