साताको दोस्रो दिन अर्थात आज (सोमबार) पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। आइतबार तोलाको १४०० रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामा १६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार २ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार तेजावी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँका दरले बढेको छ। आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने घटेर प्रतितोला एक हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। नयाँ पुस्ता बाट सभार









Discussion about this post