कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका वडा–८ का अध्यक्ष बहादुरसिंह महराले अमेरिकी परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि वडा अध्यक्ष पद र पार्टी त्याग्ने घोषणा गरेका छन्।
नेकपा माओवादी केन्द्रका युवा नेता महराले सामाजिक सञ्जाल फेसबुकमा जनतासित माफी माग्दै वडा अध्यक्ष पद र पार्टी त्याग्ने छाड्ने घोषणा गरेका हुन्।
‘नेकपा माओवाद केन्द्रले राष्ट्रघाती एमसिसी सम्झौता पारित गर्नमा सहयोग गरेकाले आजैबाट पार्टीको सदस्यता त्याग गरी राष्ट्रिय स्वाधिनताको रक्षाको लडाईमा अमूल्य जीवन समर्पित गर्ने संकल्प गर्छु’ उनले भनेका छन, ‘देश बेच्नेहरुको वडा अध्यक्ष पदबाट सोमवार विहान १० बजे जनतासँग माफी मागरे राजीनामा घोषणा गर्छु।’ थाहा खबर बाट सभार









Discussion about this post