पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबका एक–दुई दिन देशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।
मौसमविद् विनु महर्जनका अनुसार आइतबार राति पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
सोमबार पनि पहाडी क्षेत्रमा हल्का वर्ष र उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । मौसम बदली भएका कारण तापक्रम पनि केही घटेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री र अधिकतम तापक्रम २०.७ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.८ आठ डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम २६.३ डिग्री सेल्सियस रहेको छ । अनलाइनखबर बाट सभार









Discussion about this post