कञ्चनपुर – जिल्लामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। जिल्लाको वेदकोट नगरपालिका ३ सामादैजीस्थित खेमे नाला मैदामिल नजिक से३प ५२६३ नम्बरको मोटरसाइलले साइकललाई ठक्कर दिएको हो।
उक्त दुर्घटनामा साइकलयात्री सामादैजीकै ७६ वर्षीय मिनबहादुर साउँद, मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका ८ का अन्दाजी २६ वर्षीय डम्मरसिंह बोहरा र पछाडि सवार ५० वर्षीय काशिसिंह साउँद घाइते भएका छन्। उनीहरु तीनै जनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मोटरसाइकल चालक बोहरा र साइकल यात्री साउँदको अवस्था गम्भीर रहेकोे बताइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post