Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अझै खुल्न सकेनन् हिमपात र वर्षाले बन्द भएका डोटीका ग्रामीण सडक 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ५, २०७८
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

दुई हप्ता पहिलेको भारी हिमपातसँगै परेको वर्षाका कारण बन्द भएका ग्रामीण सडकहरु अझै सञ्चालनमा आउन सकेका छैनन् ।

समूहगाढ, कपल्लेकी, नापानी हुँदै गड्सेरा जोड्ने फास्ट ट्रयाक लगायत सडकका विभिन्न खण्डमा हिमपातले रुख ढल्दा तथा वर्षातले पहिरो खस्दा सडक सञ्चालनमा आउन नसकेको हो । हिमपात र वर्षातका कारण बन्द भएका अन्य ग्रामीण क्षेत्रका सडकको समेत मर्मत नहुँदा गाडी चलाउन सास्ती हुने गरेको छ ।

सडक सञ्चालनमा नआएका कारण एक घण्टाको यात्रामा पुगिने ठाउँमा कम्तीमा पनि दुईदेखि तीन घण्टासम्म लाग्ने गरेको छ । वर्षातले क्षतविक्षत भएका सडक नियमित मर्मत नहुँदा यात्रु गाडी चढ्नै डराउन थालेका छन् भने ठाउँ–ठाउँमा पहिरो र हिलाम्य सडक हुँदा गाडी चलाउनै जोखिम भएको शैलेश्वरी यातायात व्यवसायी प्रालिका प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ’वर्षा र हिउँले गाउँका सडक भताभुङ्ग भएका छन्, मर्मत नगरिँदा गाडी चलाउन गाह्रो भएको छ, जोखिम पनि बढेको छ ।’

वर्षा र हिमपातले यहाँका तल्कोट, मुडभारा, फलेडी, पूर्वेबगरलगायतका सडक बन्द भएका हुन् । यहाँका नागरिकले जोखिम मोलेरै यो सडकमा यात्रा गर्ने गरेका छन्। सडकको अवस्था दयनीय भए पनि मर्मतमा भने कसैको ध्यान नपुगेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीयवासी माया बमले जानकारी दिनुभयो ।

सडक मर्मत नहुँदा बिरामीले समेत सास्ती भोग्नु परेको छ । जिल्लाका ग्रामीण सडकहरु मात्र नभइ, मुख्य राजमार्गको अवस्था झनै दयनीय छ । यहाँका तीन जिल्ला जोड्ने डा. केआइसिं राजमार्गको रडुवामा गएको असोजमा आएको बाढी पहिरोले सडक नै बगाएपछि अहिले अस्थायी रुपमा सडक निर्माण गरी गाडी सञ्चालन गरिँदै आएको छ ।

सडकमा ठूला मालवाहक गाडी चलाउन निक्कै जोखिम हुँदै आएको ट्रक चालक प्रकाश मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, ’काम चलाउन साँघुरो सडक बनाइएको छ, कति बेला दुर्घटना हुन्छ थाहा छैन, ज्यान जोखिममा राखेर गाडी चलाउन बाध्यछौँ ।’

यसैगरी जिल्ला सदरमुकाम सिलगढीदेखि कलेना जोड्ने तथा शान्तिनगरदेखि नारीदाङ जोड्ने सडक पनि मर्मत नभएका कारण गाडी सञ्चालनमा समस्या भएको स्थानीयवासी बताउँछन् ।

केआइसिं गाउँपालिकाका स्थानीयवासी बासुदेव जोशीले भन्नुभयो, ’गाउँमा प्रशस्त साग तरकारी फलेको छ, बजारसम्म लैजान सडक छैन, किसानले उत्पादन गरेका तरकारी, फलफूल बारीमै कुहिएका छन् ।’

जिल्लामा जताततै सडक खन्ने होडबाजी हुने तर वर्षात हुँदा ती सडक बिग्रिने र मर्मत नगरिँदा नागरिक समस्यामा पर्ने गरेका छन् ।

वर्षाले जीर्ण भएका सडक समयमै मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ। सडक मर्मत तथा सञ्चालनको जिम्मा पाएका स्थानीय तह तथा सडक डिभिजन कार्यालयले मर्मतका लागि चासो नदिँदा समस्या भएको स्थानीयवासीको गुनासो छ । विमल बिष्टले उज्यालो अनलाइनमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

बैशाख २२, २०८२
डोटी

वर्षाका कारण डाेटीका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध

साउन १५, २०८०
डोटी

डोटीकाे मौवामा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, तीन जना घाइते

असार २८, २०८०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व