कञ्चनपुर, २१ माघ । कञ्चनपुरको कृष्णपुरमा मिलको पट्टामा बेरिएर एक जना बालिकाको ज्यान गएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्ला भन्ने स्थानमा मोहन बहादुर बस्नेतले सञ्चालन गरेको मिलमा बेरिएर दिल बहादुर खत्रीकी ११ वर्षीया छोरी ललिता खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसोको समयमा खेल्ने क्रममा अचानक चलिरहेको मिलको पट्टामा बेरिएर ललिताको ज्यान गएको बताइएको छ । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिनुभयो । हरिश्चन्द्र बागले नेपालबोध डटकममा लेखेका छन्।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post