Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जाजरकोटमा तीन फिटसम्म हिँउ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २१, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जाजरकोटका उत्तरी तथा पश्चिमी क्षेत्रका लेकाली भू–भागमा पुनः हिमपात भएको छ । पटकपटकको हिमपात र वर्षात्ले स्थानीय हैरान भएका छन् । हिमपातले चिसो बढाएको छ ।

हिमपातसँगै जनजीवन कष्टकर भएको छ । मंसिर पुसमा हिउँ परे हिउँदेबाली र फलफूल खेती सप्रने गर्दछ । तर पटक– पटक र बाली ठूलो भइसकेपछि परेको हिउँले बालीलाई झन् असर गर्ने किसानको भनाइ छ ।

‘हिउँ परेको बेला निकै चिसो हुन्छ । घर बाहिरै निस्कन गाह्रो हुन्छ । केटाकेटी र बुढाबुढी चिसोले बिरामी समेत हुन्छन् तर पनि हिउँ पनै पर्छ,’ कुशे ५ पाँचकाटियाका कर्णबहादुर थापाले भने, ‘हामी बाक्लो हिउँ परेपछि खुसी हुन्छौं । किनभने हिउँपरेको वर्ष भोकमरी हुँदैन ।’

हिउँपरेपछि वातावरण सफा हुनुका साथै पानीका मुहानहरु नसुक्ने, सिंचाई असुविधा भएका पाखोवारीमा लगाएको अन्नपात, फलफूल र तरकारी खेती सप्रिने थापाले बताए । तर पटक पटक हिउँ पर्दा चिसोले सताउने उनको भनाइ छ ।

बिहीबार साँझदेखि परेको अविरल वर्षातसँगै परेको हिमपातले जिल्लाको ग्रामीण जनजीवन निकै कष्टकर बनेको छ । हिमपातले चिसो बढेपछि जिल्लाको ग्रामीण भेगका जनताको दैनिक जनजीवन नराम्रोसँग प्रभावित भएको थापाले बताए ।

जिल्लाको कुसे गाउँपालिका,वारेकोट गाउँपालिका र जुनीजाँदे गाउँपालिकाका विभिन्न वस्तीहरुमा भारी हिमपात भएको छ । कुसे गाउँपालिकाको पैंक, पाँचकटिया, समाइला वारेकोटका रामीडाँडा, रोकायगाउँ नायकवाडालगायतका गाउँ र बस्तीहरुमा हिमपात अत्यधिक भएको हो ।

ति स्थानमा तीन फिटसम्म हिमपात भएको छ । यसअघि दुई पटकसम्म हिमपात भएपनि यसपटक अलि तलैसम्म बस्तीमै बाक्लो हिमपात भयो बारेकोट गाँउपालिकाका स्थानीय खगेन्द्र बोहराले भने,’ हिमपातले जनजीवन केही दिन कष्टकर भएपनि पर्यावरणको दृष्टिकोणले निकै राम्रो हुन्छ।’

हिमपातका कारण डाँडाकाडा र वस्तीहरु सेताम्य भएका छन्। खोला र मुलको पानी जमेकाले स्थानीयको दैनिक जीवन कष्टपुर्ण भएको कताए । उनले किसानी गरेर खाने र गाई भैंसी पालेका सर्वसाधारणलाई झन बढी समस्या परेको बताए ।

हिमपात र वर्षातका कारण चिसो बढेपछि साना बालबालिकाहरु, वृद्धवृद्धाहरु र विपन्न समुदायका सर्वसाधारण बढी प्रभावित भएका छन्। सदरमुकाम खलंगामा पनि वरिपरिका डाँडाहरुमा परेको हिमपातको असर देखिएको छ ।

सदरमुकाम खलंगा नजिकै पाँचकाटियामा हिउँ परेपछि हिँउ खेल्न जानेहरुको भीड बढ्न थालेको छ । कुसे गाउँपालिका र भेरी नगरपालिकाको वडा नम्वर १ र २को उच्च लेकहरुमा परेको हिमपातका कारण सदरमुकाम खलंगामा चिसो अत्यधिक वढेको स्थानीय रत्नराज हमालले बताए । राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक
वातावरण

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

असार २, २०८३
दोधारा चाँदनीमा बाढी पूर्वकार्य सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन
वातावरण

दोधारा चाँदनीमा बाढी पूर्वकार्य सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन

असार २, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने
वातावरण

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

असार १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व