Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नयाँ डाक्टर आयो भन्दैमा सबै बिरामीको समस्या एकैचोटि समाधान हुँदैन : विश्वप्रकाश शर्मा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १७, २०७८
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली विद्यार्थी सङ्गठन (नेविसङ्घ) लगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनुभएको छ । महामन्त्री शर्माले नेविसङ्घलगायतका भातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि बताउनुभयो ।

आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसङ्घका विद्यार्थी नेताहरूसँग कुरा गर्दै उहाँले भातृ संस्थाहरूमा देखिएको समस्या समाधानका लागि प्रक्रियासमेत अघि बढाइएको बताउनुभयो । नेविसङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका उहाँले देशको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसङ्घजस्ता सङ्गठनहरू बलियो हुनुपर्नेमा आफूहरू सचेत रहेको पनि बताउनुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘भातृ संस्थाका समस्याहरू छन् । नयाँ आएका महामन्त्री कहाँ छन् ? के छ ? हाम्रोबारेमा के सोचिरहेका छन् ? भन्ने कुराहरू सामाजिक सञ्जालमा समेत आइरहेका छन् । तर के बिर्सनु हुँदैन भने कुनै अस्पतालमा नयाँ डाक्टर आयो भन्दैमा सबै बिरामीको समस्या एकैचोटि समाधान हुँदैन । प्रक्रियामा जान्छ । बाहिर धेरै बोलेर समाधान हुँदैन । मेरो प्रकृतिको बारेमा कुरा गर्दा म प्रवक्ता हुँदा पनि कम अन्तर्वार्ता दिएको मान्छे हुँ । अहिले म महामन्त्री भए पनि धेरै बोलेको छैन । बोल्ने वाला पनि छैन । त्यस कारण तपाईँहरूको विषयको बारेमा अहिले हामी छलफल गरिराखेका छौँ । खासगरी हामी दुई महामन्त्री बसेर के गरेर जाने भन्ने कुरामा जोड छ । भातृ संस्थाहरूको बारेमा किन पनि जोड छ भने यी सङ्गठनहरू बलियो बन्नु भनेको तपाईँहरूका लागि होइन, यो त देशको कष्टको कुरा हो । नेविसङ्घ नमुना सङ्गठन बन्नुपर्छ ।’

महामन्त्री शर्माले आफू बोलेर भन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको पटक–पटक दोहो¥याउनुभयो । उहाँले आफूहरू पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्र देखिएको समस्याहरूलाई प्रक्रियामा लगेर समाधान गर्न लागिपरेको बताउनुभयो । त्यस अवसरमा विद्यार्थी नेताहरूले नेविसङ्घको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन महामन्त्री शर्मासँग आग्रह गरेका थिए । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग
फ्ल्यास हेडिङ

रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग

अशोज १३, २०८३
सुनसरी–१ को कांग्रेस सभापतिमा तिलक राई निर्वाचित
फ्ल्यास हेडिङ

सुनसरी–१ को कांग्रेस सभापतिमा तिलक राई निर्वाचित

अशोज १३, २०८३
६ महिनामा शाह सरकार : उपलब्धिसँगै चुनौती पनि कायमै
फ्ल्यास हेडिङ

६ महिनामा शाह सरकार : उपलब्धिसँगै चुनौती पनि कायमै

अशोज १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जापानदेखि जन्मभूमिसम्म : जोशीको पहलमा लेकममा पहिलो दशैं कप भलिबल हुँदै

जापानदेखि जन्मभूमिसम्म : जोशीको पहलमा लेकममा पहिलो दशैं कप भलिबल हुँदै

अशोज १३, २०८३
रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग

रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग

अशोज १३, २०८३
उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा

उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा

अशोज १३, २०८३
सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९० हजार ५००

सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९० हजार ५००

अशोज १३, २०८३
सुनसरी–१ को कांग्रेस सभापतिमा तिलक राई निर्वाचित

सुनसरी–१ को कांग्रेस सभापतिमा तिलक राई निर्वाचित

अशोज १३, २०८३
नदी कोरिडोर विकासका लागि एकीकृत नीति आवश्यक : जल तथा ऊर्जा आयोग

नदी कोरिडोर विकासका लागि एकीकृत नीति आवश्यक : जल तथा ऊर्जा आयोग

अशोज १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व