Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कोभिड संक्रमण तिब्र रुपमा बढ्दै : रोकिएनन् दलका भीडभाड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २८, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज : कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले प्रतिबन्धात्मक नियमहरू लागू गरेको पहिलो दिनमै वीरगन्जमा ठूलो भीड जम्मा भएको छ। सरकारको निर्देशन उल्लंघन गर्दै राजनीतिक दलहरूले भीडभाड गरी प्रदर्शनका कार्यक्रम गरे। एकै स्थानमा सयौंको संख्यामा भीड जम्मा पारेर गरिएका प्रदर्शन र कार्यक्रमले वीरगन्जमा कोरोना संक्रमण बढ्ने जोखिम झनै बढाएको चिकित्सकहरूले बताएका छन्।

 

कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै सोमबार साँझ गृह मन्त्रालयले मंगलबारदेखि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको थियो। यस्तै, सार्वजनिक स्थलमा हुने सबै प्रकारका भेलाहरूमा प्रतिबन्ध लगाउन पनि मातहतका निकायलाई पत्राचार गरेको थियो। राजनीतिकसँगै प्रशासनिक, सामाजिकलगायतका कुनै पनि प्रकारका कार्यक्रम नगर्न पनि गृहले पत्राचार गरेको थियो। तर, गृह मन्त्रालयको निर्देशनलाई अटेर गर्दै मंगलबार वीरगन्जमा कांग्रेस, एमाले, राप्रपालगायतका दलले भीडभाड जम्मा पारेर प्रदर्शन र जिल्ला अधिवेशनसहितका कार्यक्रम गरेका हुन्।

 

वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दै कांग्रेसले मंगलबार नगरमा बृहत जुलुस प्रदर्शनका साथै कोणसभा ग¥यो। घण्टाघर चोकबाट सुरु भएको कांग्रेसको जुलुसमा ५ सयभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी थिए। नगर परिक्रमापछि जुलुस पुनः घण्टाघरमै फर्किएर कोणसभामा परिणत भएको थियो।

 

कांग्रेसका युवा नेता राकेश यादवले भने पूर्वनिर्धारित कार्यक्रम भएकाले स्थगित गर्न नमिलेको बताए। यद्यपि, स्वास्थ्य सुरक्षाको सबै मापदण्ड अपनाएर कार्यक्रम गरिएको तर्क उनले दिए। यस्तै मंगलबार नै वीरगन्जमा एमालेले पनि आठौं जिल्ला अधिवेशन आयोजना गरेको छ। नगरसभागृहमा दुई दिनसम्म चल्ने जिल्ला अधिवेशनमा ७ सय प्रतिनिधिका साथै जिल्लाका नेता कार्यकर्ताहरू पनि सहभागी भए।

 

नेकपा एमाले वीरगन्ज महानगरका उपाध्यक्ष महेश दासले पनि पूर्वनिर्धारित कार्यक्रम भएकाले जिल्ला अधिवेशन स्थगित गर्न नसकिएको बताए। स्वास्थ्य सुरक्षाको सबै मापदण्ड र सावधानी अपनाएर जिल्ल्ला अधिवेशन गरिएको भन्दै उनले भने, ‘अधिवेशन स्थल नगरसभागृहमा प्रतिनिधिहरूलाई मात्रै राखेर उद्घाटन र बन्दसत्र गरेका छौं,’ अरू कार्यकर्तालाई हामीले बोलाएका छैनौं।’

 

यसैगरी मंगलबार नै वीरगन्जमा पृथ्वीजयन्तीको अवसरमा राप्रपाले निकालेको ¥यालीमा सयौंको संख्यामा नेता कार्यकर्ताहरू सहभागी थिए। नेपाल राष्ट्रवाद संघ पर्साले निकालेको झाँकीसहितको ¥यालीमा पनि झण्डै २ सय जना सहभागी थिए। सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालयले जारी गरेका प्रतिबन्धात्मक नियमहरू कार्यान्वयन गर्न गराउन मातहतको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्रकार गर्दै निर्देशन दिइएको हो।

 

तर, वीरगन्जमा मंगलबार राजनीतिक दलहरूले सयौंको संख्यामा भीडभाड जम्मा पारेर प्रदर्शन र कार्यक्रम गर्दा पनि स्थानीय प्रशासन र प्रहरी भने मुकदर्शक बनेका थिए। प्रदर्शन र कार्यक्रम रोक्न दलहरूलाई आग्रह गर्नुको सट्टा प्रहरी उल्टै कार्यक्रम व्यवस्थापनमा खटिएका थिए। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले भने गृह मन्त्रालयको निर्देशन बुधबारेखि मात्रै कार्यान्वयन गर्ने बताए। पौडेलले भने, ‘यही विषयमा अहिले बैठक बस्यो। गृहले जारी गरेका नियमहरू बुधबारदेखि कार्यान्वयन गर्ने र गराउने काम हुन्छ।’

 

वीरगन्जको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले वीरगन्जमा संक्रमण अबको ३÷४ दिनमै नियन्त्रण बाहिर जाने संकेत देखिएको बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३
कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव
राजनीति

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
राजनीति

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

असार २, २०८३
इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

असार २, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
इन्धनको भाउ यथावत्

इन्धनको भाउ यथावत्

असार २, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

असार २, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

असार २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व