काठमाडौँ – यस वर्षको तिहारका पाँचै दिन देशका अधिकांश ठाउँमा मौसम सफा र घमाइलो रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार काग तिहारदेखि भाइटीकासम्म तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहनेछ भने हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा आंशिक बदली हुने सम्भावना छ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। यस्तै, बिहानपख तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।
समग्रमा तिहार अवधिमा ठूलो मौसमी प्रणालीको प्रभाव नदेखिने भएकाले पर्व मनाउन मौसम अनुकूल रहने अनुमान गरिएको छ।











Discussion about this post