सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोभिड संक्रमण तिब्र रुपमा बढ्दै : रोकिएनन् दलका भीडभाड

वीरगन्ज : कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले प्रतिबन्धात्मक नियमहरू लागू गरेको पहिलो दिनमै वीरगन्जमा ठूलो भीड जम्मा भएको छ। सरकारको निर्देशन उल्लंघन गर्दै राजनीतिक दलहरूले भीडभाड गरी प्रदर्शनका कार्यक्रम गरे। एकै स्थानमा सयौंको संख्यामा भीड जम्मा पारेर गरिएका प्रदर्शन र कार्यक्रमले वीरगन्जमा कोरोना संक्रमण बढ्ने जोखिम झनै बढाएको चिकित्सकहरूले बताएका छन्।

 

कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै सोमबार साँझ गृह मन्त्रालयले मंगलबारदेखि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको थियो। यस्तै, सार्वजनिक स्थलमा हुने सबै प्रकारका भेलाहरूमा प्रतिबन्ध लगाउन पनि मातहतका निकायलाई पत्राचार गरेको थियो। राजनीतिकसँगै प्रशासनिक, सामाजिकलगायतका कुनै पनि प्रकारका कार्यक्रम नगर्न पनि गृहले पत्राचार गरेको थियो। तर, गृह मन्त्रालयको निर्देशनलाई अटेर गर्दै मंगलबार वीरगन्जमा कांग्रेस, एमाले, राप्रपालगायतका दलले भीडभाड जम्मा पारेर प्रदर्शन र जिल्ला अधिवेशनसहितका कार्यक्रम गरेका हुन्।

 

वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दै कांग्रेसले मंगलबार नगरमा बृहत जुलुस प्रदर्शनका साथै कोणसभा ग¥यो। घण्टाघर चोकबाट सुरु भएको कांग्रेसको जुलुसमा ५ सयभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी थिए। नगर परिक्रमापछि जुलुस पुनः घण्टाघरमै फर्किएर कोणसभामा परिणत भएको थियो।

 

World Link Ads
Mahakali Polytechnic

कांग्रेसका युवा नेता राकेश यादवले भने पूर्वनिर्धारित कार्यक्रम भएकाले स्थगित गर्न नमिलेको बताए। यद्यपि, स्वास्थ्य सुरक्षाको सबै मापदण्ड अपनाएर कार्यक्रम गरिएको तर्क उनले दिए। यस्तै मंगलबार नै वीरगन्जमा एमालेले पनि आठौं जिल्ला अधिवेशन आयोजना गरेको छ। नगरसभागृहमा दुई दिनसम्म चल्ने जिल्ला अधिवेशनमा ७ सय प्रतिनिधिका साथै जिल्लाका नेता कार्यकर्ताहरू पनि सहभागी भए।

 

Dirghayu Ads
Sana Kishan

नेकपा एमाले वीरगन्ज महानगरका उपाध्यक्ष महेश दासले पनि पूर्वनिर्धारित कार्यक्रम भएकाले जिल्ला अधिवेशन स्थगित गर्न नसकिएको बताए। स्वास्थ्य सुरक्षाको सबै मापदण्ड र सावधानी अपनाएर जिल्ल्ला अधिवेशन गरिएको भन्दै उनले भने, ‘अधिवेशन स्थल नगरसभागृहमा प्रतिनिधिहरूलाई मात्रै राखेर उद्घाटन र बन्दसत्र गरेका छौं,’ अरू कार्यकर्तालाई हामीले बोलाएका छैनौं।’

 

यसैगरी मंगलबार नै वीरगन्जमा पृथ्वीजयन्तीको अवसरमा राप्रपाले निकालेको ¥यालीमा सयौंको संख्यामा नेता कार्यकर्ताहरू सहभागी थिए। नेपाल राष्ट्रवाद संघ पर्साले निकालेको झाँकीसहितको ¥यालीमा पनि झण्डै २ सय जना सहभागी थिए। सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालयले जारी गरेका प्रतिबन्धात्मक नियमहरू कार्यान्वयन गर्न गराउन मातहतको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्रकार गर्दै निर्देशन दिइएको हो।

 

तर, वीरगन्जमा मंगलबार राजनीतिक दलहरूले सयौंको संख्यामा भीडभाड जम्मा पारेर प्रदर्शन र कार्यक्रम गर्दा पनि स्थानीय प्रशासन र प्रहरी भने मुकदर्शक बनेका थिए। प्रदर्शन र कार्यक्रम रोक्न दलहरूलाई आग्रह गर्नुको सट्टा प्रहरी उल्टै कार्यक्रम व्यवस्थापनमा खटिएका थिए। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले भने गृह मन्त्रालयको निर्देशन बुधबारेखि मात्रै कार्यान्वयन गर्ने बताए। पौडेलले भने, ‘यही विषयमा अहिले बैठक बस्यो। गृहले जारी गरेका नियमहरू बुधबारदेखि कार्यान्वयन गर्ने र गराउने काम हुन्छ।’

 

वीरगन्जको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले वीरगन्जमा संक्रमण अबको ३÷४ दिनमै नियन्त्रण बाहिर जाने संकेत देखिएको बताए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.