Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भ्रष्टाचारलाई घृणा गर्नुहोस् : अध्यक्ष केपी शर्मा ओली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २५, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढीमा रहेको शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आज आइतवार उद्घाटन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । ‘’देशको गरिमा उच्च पार्न र देशलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ, उहाँले भन्नुभयो, ‘भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्ने गरी काम गर्नुहोस् ।’

अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘काम गर्ने बेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्छ, कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र हो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी सङ्कट मोचनमा अग्रसर भएको बताउनुभयो । उहाँले कर्मचारीको हकहितका लागि लोकतान्त्रिक मान्यतालाई संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले चुनावमा निष्पक्ष रूपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रहसमेत गर्नुभयो । नेपाल निजामती कर्मचारी सङ्गठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अगुवाइमा भवन निर्माण भएको भवन निर्माण समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईंले बताउनुभयो ।

दुई तले भवनको कुल लागत एक करोड ८८ लाख नौ हजार पाँच सय ७० रुपैयाँ रहेको छ । भवनको शिलान्यास एमाले अध्यक्ष ओलीले नै २०७० माघ ५ गते गर्नुभएको थियो । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
फ्ल्यास हेडिङ

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल हुने

साउन १९, २०८३
रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो
मुख्य समाचार

रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो

साउन १९, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
फ्ल्यास हेडिङ

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

साउन १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

साउन १९, २०८३
राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

साउन १९, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

आज सुनचाँदीको मूल्य सामान्य घट्यो

साउन १९, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल हुने

साउन १९, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

साउन १९, २०८३
वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व