कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरको ८औं जिल्ला अधिवेशन हिजो शुक्रबार उद्घाटन सत्र सम्पन्न भए पछि आज शनिवार बन्दसत्र सुरु हुने तयारी रहेको छ ।
स्रोतका अनुसार सहमतिका लागि नेताहरूबीच छलफल भइरहेको जनाईएको छ । पार्टी पोलिटब्यूरो र केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज, सह–इन्चार्जहरूले सहमतिको वातावरण बनाइरहेकाले बन्दसत्रमा अलि ढिलाइ भएको एमालेले जनाएको छ ।
जिल्लाभरबाट आएका अधिवेशन प्रतिनिधिहरू यतिबेला अधिवेशनस्थल ममताज पार्टी प्यालेसको प्राङ्गणमा पार्टी पंक्तिको बिषयमा गफिदै बसेका छन् ।
जिल्ला अध्यक्ष पदमा वीर बहादुर थापा (पातल) र सुरेन्द्रबहादुर विष्टको तयारी छ भने सचिवमा पल्लबराज भट्ट र अशोकबहादुर चन्द आकांक्षी रहेका छन् । उपाध्यक्षमा महेश पन्त, चिनी गिरी र लक्ष्मी बुढा, उपसचिवमा फैरु तामाङ आकांक्षी देखिएको श्रोतले जनाएको छ । बेलडाँडी पोस्ट बाट सभार









Discussion about this post