Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वित्तीय शिक्षा सबैका लागि आवश्यक छ : गभर्नर अधिकारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ पुष २१, बुधबार ०६:५९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता कति छ भनेर नम्बरमा हेरेर नहुने बताएका छन् ।

दिगो बैंकिङका लागि वित्तीय साक्षरता भन्ने नाराका साथ मंगलबारदेखि शुरु भएको बैंकिङ शिक्षा कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंक खाता जनसंख्या भन्दा धेरै भए पनि साक्षरता भने त्यो संख्या हेरेर नहुने बताएका हुन् ।

वित्तीय साक्षरता सम्बन्धी धेरै कार्यक्रम भएको, सामग्रीहरु निर्माण भएको भए पनि अरु क्षेत्रको विषयमा जस्तो गुगल र युट्युबमा नपाइने बताए । वित्तीय साक्षरताका विषयमा सबैलाई सचेत गराउनु एउटा चुनौती भएको भन्दै उनले सञ्चारमाध्यम नै अग्रसर भएर यो अभियान शुरु हुनु खुसीको कुरा भएको बताए ।

कतिपयले डिजिटल कारोबारबारे नबुझेका कारण पनि कारोबार गर्न हिच्किचाउने गरेको उनले बताए । ‘कतिपयले क्यूआर त लिएका छन्, तर कसरी काम गर्ने भन्ने विषयमा नबुझ्दा हिच्किचाउनु पर्ने अवस्था छ,’ गभर्नर अधिकारीले भने, ‘अब बैंकिङ पहुँचमा आएकालाई बुझाउनु पर्ने बुझाउनुपर्ने र बैंकिङमा आउन बाँकीलाई ल्याउनुपर्नेछ ।’

राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले वित्तीय चेतना नहुँदा ऋण तिर्न ऋण लिनुपर्ने बाध्यता रहेको बताइन् । पैसाको सदुपयोग गर्न नजान्दा समस्या हुने गरेको भन्दै पैसाको सही परिचालनको लागि पनि वित्तीय चेतना आवश्यक रहेको बताइन् ।

बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बैंकिङ शिक्षा कार्यक्रमले सहरमा मात्रै नभएर गाउँ गाउँमा समेत बैंकिङबारे बुझाउन भूमिका खेल्ने बताए । वित्तीय साक्षरताका विषयमा राष्ट्र बैंक आफैले र बैंकर्स संघले समेत कार्यक्रमहरु गर्ने गरेको भन्दै यो अभियान अझ उपयोगी हुने बताए । यस्तो कार्यक्रम सबैका लागि आवश्यक रहेको भन्दै उनले आफूहरु पनि सहकार्य गर्न तयार रहेको बताए ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले वित्तीय साक्षरताले सोचमा नै परिवर्तन ल्याउने बताए । अहिले सोचमा नै परिवर्तन आवश्यक रहेको भन्दै बैंकिङ साक्षरता धेरै आवश्यक रहेको बताए । अध्यक्ष पोखरेलले निरक्षर व्यक्तिलाई मात्रै वित्तीय शिक्षाको कमी नरहेको बताए । पढेलेखेकै व्यक्तिलाई बैंकिङ शिक्षाबारे बुझाउनु पर्ने उनले बताए ।

स्मार्ट च्वाइस टेक्नोलोजीका अध्यक्ष सुमन पोखरेलले वित्तीय साक्षरतालाई प्रविधिसँग जोडेर लैजानुपर्ने बताए ।

रेमिटर्स एसोसिएसनका अध्यक्ष चन्द्र टण्डनले विदेशबाट आएको रेमिटान्समात्रै समेत सही सदुपयोग हुन नसकेको बताए । रेमिट्यान्स पठाउनेले पाउने सुविधाका विषयमा समेत धेरैलाई जानकारी नहुने भन्दै बैंकिङ शिक्षा कार्यक्रमले यसमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले विद्यालय तहबाटै वित्तीय साक्षरताको पढाइ शुरु हुनुपर्ने बताए । यस अघि नै यो विषय उठान भए पनि अहिले अलपत्र रहेको बताए ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्तमा करिब ५४ लाख ग्राहक संख्या पुगेको र यसमा अधिकांश महिला सदस्यहरू रहेको भन्दै वित्तीय साक्षरता कतिपय अवस्थामा वहाँहरुमा पनि कमि भएको भन्दै बैंकिङ शिक्षा कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

सञ्चारमाध्यमकै अग्रसरतामा यस्तो कार्यक्रम सञ्चालन हुनु सबैका लागि खुसीको विषय भएको बताए । वित्तीय अनियमितता पनि यो अभियानले घटाउनेमा आफू विस्वस्त रहेको भन्दै आवश्यक सहयोग र सहकार्यका लागि आफू तयार रहेको बताए ।

बैंकर मनोज ज्ञवालीले पैसाको सही परिचालन गर्न नसक्दा समस्या हुने गरेको बताए । समृद्धि भनेको कुरा किताबमा लेखेर वा भाषण गरेर नहुने भन्दै समृद्धिका लागि बैंकिङ शिक्षा चाहिने बताउछन् । ऋणको सही सदुपयोग नहुँदा समेत समस्या हुने गरेको भन्दै उनले उद्योगी व्यापारीलाई पनि वित्तीय साक्षरताको ज्ञान हुनुपर्ने बताए । भएको पुँजीलाई उत्पादनमा लगाउनुपर्छ भन्ने विषयमा विद्यार्थीलाई समेत बुझाउनुपर्ने उनले बताए ।

सञ्चारविद चेतन अधिकारीले वित्तीय साक्षरतालाई प्रविधिसँग जोड्नुपर्ने उनले बताए । राष्ट्र बैंककै तथ्यांकले करिब ३३ प्रतिशत नागरिक वित्तीय पहुँचमा नपुगेको भन्दै उनीहरूलाई पनि वित्तीय पहुँचमम ल्याउनु पर्ने राष्ट्र बैंक र सबै बैंकहरुको जिम्मेवारी भएको बताए ।

हिमालय टिभी एचडीका कार्यकारी निर्देशक श्याम कँडेलले यस कार्यक्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत समेत लिएको उनले बताए ।

बैंकिङ शिक्षा कार्यक्रम अन्तर्गत साताको एक दिन वित्तीय साक्षरता सम्बन्धि गतिविधि समेटिएको टेलिभिजन कार्यक्रम, टेलिफिल्म, वित्तीय साक्षरता ज्ञान शृङ्खला, विज्ञसँग वित्तीय बहस जस्ता कार्यक्रम चलाइने कार्यक्रम संयोजक राजु डुंगेलले बताए । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै
देश/राष्ट्रिय

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ पुष २१, बुधबार ०६:५९
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने
देश/राष्ट्रिय

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ पुष २१, बुधबार ०६:५९
चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै
देश/राष्ट्रिय

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

२०७८ पुष २१, बुधबार ०६:५९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ पुष २१, बुधबार ०६:५९
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ पुष २१, बुधबार ०६:५९
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ पुष २१, बुधबार ०६:५९
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ पुष २१, बुधबार ०६:५९
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ पुष २१, बुधबार ०६:५९
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ पुष २१, बुधबार ०६:५९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व