सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एका एक अमेरिकामा संकटकाल घोषणा, अब के हुन्छ विश्व राजनितिमा ?

काठमाडौँ । राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। देशमा संकट वा आपत् आइपरेको खण्डमा गरिने घोषणा ट्रम्पले यतिखेर किन लगाउनुपर्‍यो भनेर व्यापक चर्चा भइरहेका छन्।

के हो अमेरिकामा लगाईएको संकटकाल ?

अमेरिकाको राष्ट्रिय संकटकालसम्बन्धी ऐन खासमा गम्भीर राष्ट्रिय संकटसँग जुध्न बनाइएको हो। राष्ट्रपति ट्रम्पले हाल देशको दक्षिणी सिमानामा आप्रवासी संकट आइपरेको बताउने गरेका छन्। तर उनको सो भनाइलाई आप्रवासीसम्बन्धी विज्ञहरूले अस्वीकार गर्दै आएका छन्।

अमेरिकामा सबभन्दा ठूलो सङ्ख्याका अवैध आप्रवासी खासमा तिनीहरू हुन् जो वैध प्रवेशाज्ञा वा भिसाको म्याद सकिएपछि पनि त्यहीँ बसिरहेका छन्। अब राष्ट्रिय संकटकालको घोषणा गरेपछि राष्ट्रपति ट्रम्पलाई विशेष शक्ति प्राप्त हुन्छ जसले उनलाई सामान्य राजनीतिक प्रक्रिया छलेर विद्यमान सैन्य वा विपद राहतका बजेटलाई सिमाना पर्खाल बनाउन प्राप्त हुन सक्छ।

Mahakali Polytechnic

विगतमा अमेरिकी राष्ट्रपतिहरूले राष्ट्रिय संकटकालको प्रयोग खासगरि विदेश मामिलामा आइपरेका संकटसँग जुध्न गरेका थिए। उदाहरणका लागि आतंकवादसँग मुछिएका संस्थाहरूलाई उपलब्ध स्रोत रोकिदिन वा मानव अधिकार उल्लंघनमा मुछिएका देशहरूमा लगानी रोकिदिन।

World Link Ads

तर ट्रम्पले देशभित्रै राजनीतिक रूपमा विवादग्रस्त मुद्दामा विपक्षीको बहुमत रहेको संसद छल्न सीमा सुरक्षाका लागि भन्दै यो शक्ति प्रयोग गर्न खोजेको देखिन्छ। जसले दुवै दलका कतिपय राजनीतिज्ञहरूलाई असहज अनुभव गराइदिएको छ।

Sana Kishan

विपक्षीले मुद्दा हाल्ने

विपक्षी डेमोक्र्याटहरूले राष्ट्रपतिको घोषणालाई, उनीहरूकै शब्दमा, शक्तिको दूरूपयोग भनेका छन्। ट्रम्पले हालैको अमेरिकी खर्चबन्दी दोहोरिन सक्ने सम्भावनालाई रोक्ने मनसायले खर्च विधयेकसहितको एक योजनामा हस्ताक्षर गरेका थिए।

तर अमेरिकी संसद कङ्ग्रेसले उक्त विधयेकमा पर्खाल निर्माणको खर्च नबेहोर्ने भनेपछि ट्रम्पले संकटकाल लगाएर अन्यत्रबाट पैसा जोहो गर्न भन्दै यस्तो कदम चालेका हुन्। तत्कालै वरिष्ठ डेमोक्र्याट नेताहरूले उक्त कदमलाई अदालतमा चुनौति दिने बताएका थिए। यस घोषणाले ट्रम्पको पर्खाल निर्माण गर्ने योजनालाई अर्बौ डलर प्रदान गर्नेछ।

ह्वाइट हाउसको रोज गार्डेनमा उक्त घोषणा गर्दै ट्रम्पले संकटकालीन अवस्थाले सीमा पर्खालका लागि ८ अर्ब डलर प्रदान गर्ने बताए। उक्त रकम सैन्य निर्माणका काम र लागुऔसध तस्करीसँग जुझ्ने प्रयासहरुलाई छुट्याइएको बजेटबाट काटेर पर्खाल निर्माणमा लगाइनेछ।

यद्यपि त्यो झण्डै ३ हजार २ सय किलोमिटर लामो पर्खाल निर्माणका लागि चाहिने भनिएको कूल २३ अर्ब डलरभन्दा निकै कम रकम हुनेछ। बीबीसी

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.