मार्तडी – बाजुराको जगन्नाथ गाउँपालिका–४ की एक महिला सुत्केरी हुन नसक्दा हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
सोही गाउँपालिका–४ नाराकोटकी २५ वर्षीया कमला भण्डारीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले राससलाई जानकारी दिए।
महिलाको पहिलो बच्चा पाउने बेला अप्रेसन भएको र अहिले बच्चा पाउन कठिनाइ भएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको सिफारिसमा हेलिकप्टरमा नेपालगञ्ज लगिएको प्रजिअ अधिकारीले बताए। (गोदावरी न्युज बाट सभार)