सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम सरकारकाे बजेट भोली आउदैँः तीन बर्षमा प्रदेशलाइ कृषिमा आत्मनिर्भरको बनाइने

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/२०७७ को लागि झण्डै २९ अर्वको बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षको भन्दा भण्डै चार अर्व बढि २९ अर्वको बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको हो। प्रदेश सरकारले गत असार १ गते चालु आर्थिक बर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको थियो। प्रदेश सरकारले संवैधानिक व्यवस्था अनुसार भोली प्रदेश सभामा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने छ। तीन बर्षभित्र कृषिमा आत्मनिर्भर हुने गरी बजेट ल्याउन लागेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए।

वैदेशिक निर्यातलाई प्रतिस्थापन गर्ने र स्वदेशमै रोजगारीका सम्भावनालाई उजागर गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने अर्थ मन्त्री बोहराले बताए। ‘प्रदेशको गरिबी र बेरोजगारलाई पनि हटाउने गरि बजेट ल्याईने तयारी छ।‘ उनले भने।
बजेटले विकट जिल्लाहरूलाई प्राथमिकतामा राख्ने समेत उनले बताए। भोली साँझ ४ बजे बस्ने प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्ने तयारी प्रदेश सरकारको छ। आगामी आर्थिक बर्षको बजेट भोली प्रस्तुत हुने तयारी भएपनि चालु आर्थिक बर्षको एक महिना मात्रै बाँकी रहेको अवस्थामा प्रदेश सरकराले झण्डै ७० प्रतिशत विकास बजेट भने खर्च गर्न बाँकी रहेको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.