सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दिगो विकास समृद्ध मुलुक निर्माणमा अग्रसर हुन आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक संक्रमण अन्त्य भई देश स्थायी शान्ति, दिगो विकास र समृद्धिको मार्गमा अगाडि बढेकाले अब समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन सबैलाई आग्रह गरेका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिकाले आयोजना गरेको दुई दिने बेदकोट धार्मिक तथा पर्यटन मेलाको बिहीबार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सात दशक लामो राजनीतिक क्रान्तिबाट प्राप्त गरेका लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता उपलब्धीहरु नयाँ संविधानले संस्थागत गरिसकेको बताए ।


पुनले विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्ने बेला आएको बताउादै संविधानभित्र रहेर प्रदेशहरुले विकास र समृद्धिका लागि समाजवादी प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए । उनले भने ‘संस्कृतिले धनी भएको सुदूरपश्चिमको मौलिक संस्कार संस्कृतिले हो । सुदूरपश्चिम प्रदेश कला संस्कृतिले मात्र नभई प्राकृतिक रुपले पनि यो प्रदेश सुन्दर छ ।’
उनले यहाँका अपी हिमाल, खप्तड क्षेत्र, मान सरोवरको यात्रादेखि गोदावरी धाम, घोडाघोडी ताल, शुक्लाफाँटा, बेदकोट ताल, लिंगेश्वर धाम लगायतले सुदूरपश्चिमलाई सुन्दर बनाएको बताए ।
उनले सुदूरपश्चिम पर्यटन, जनस्रोत, जडीबुटी लगायत धेरै सम्भावना बोकेको प्रदेश भएको बताउँदै प्राकृतिक स्रोत साधनको उच्चतम उपयोग गर्न सके सोचेको उपलब्धी हासिल गर्न सकिने बताए । उपराष्ट्रपति पुनले नारा र भाषणलाई व्यवहारमा उतार्न सके विकास र समृद्धि हुने बताए ।


यहाँको छेला औद्योगीक क्षेत्रको स्थापना भए यहाँको विकास हुने सुख्खा बन्दरगा र महाकाली पुल छिट्टै सञ्चालन गर्न पहल गर्ने उनले बताए । सो अवसरमा पुनले बेदकोटमा निर्मित भ्यू टावर र मन्दिर समेत उद्घाटन गरेका छन् । मेला उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेशका सभामुख अर्जुनबहादुर थापा, मन्त्री तथा उच्चपदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.