सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्दै सरकार, यस्तो छ पुरा समाचार !

काठमाडौं । नेपालमा दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतवनीसहित फेसबुकको अमेरिकास्थित कार्यालयलाई गृह मन्त्रालयले पत्राचार गरेको छ । सूचना , प्रविधि तथा सञ्चार मन्त्रालयको आग्रह अनुसार गृहले सामाजिक सञ्जाल फेसवुक र ट्वीटरलाई पत्राचार गरेको हो ।

गृहले फेसवुक र ट्वीटरको अमेरिकास्थित मुख्यालयलाई नेपालमा दर्ता गरेर कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालको अयिनंत्रित प्रयोगले नेपालमा अपराध बढेको र शान्ति सुरक्षामा खलल परेको भन्दै नेपालको कानून अनुसार दर्ता नगरे वा कार्यालय नखोले बन्द गर्ने चेतावनी दिएको हो ।

सरकारले गत विहीबार नै संसदमा सामाजिक सञ्जाल सञ्चालन गर्न नेपालमै दर्ता हुनु पर्ने प्रावधानसहितको सूचनाप्रविधि सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७५ दर्ता गराएको छ । विद्युतीय कारोवार ऐनलाई खारेज गरी नयाँ कानून बनाउने उद्देश्यसहित ल्याएको विधेयकमा भनिएको छ, ‘ सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले नेपालको सरकारी निकायमा दर्ता हुनु पर्छ ।’

विधेयक जस्ताको त्यस्तै पारित भएमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु बन्द गर्नु पर्ने अवस्था आउन सक्छ । विधेयक पारित भएर कानून बनेपछि सरकारले चाहे अनुसार सामाजिक सञ्जाल नियन्त्रण गर्न सक्छ । कुनै सम्प्रेषित सूचना वा विषयवस्तु हटाउन सञ्चालकलाई निर्देशन दिनसक्छ । नयाँ प्रस्ताव गरिएको कानूनमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख जरिवाना र ५ वर्ष कैद सजाय हुने प्रावधान राखिएको छ ।

Mahakali Polytechnic

सामाजिक सञ्जालप्रतिको सरकारी कदमलाई अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजिएको रुपमा अथ्र्याउनेहरु पनि छन् । सरकारका प्रवक्ता सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने उद्देश्य नभई अनर्गल र अनुचित क्रियाकलाप नियंत्रण गर्ने भन्दै सरकारको कदमको बचाउ गरेका छन् । मन्त्री बास्कोटाले भनेका छन, ‘सरकारको विरोध गर्न पाइन्छ तर पैसाको पोको कसैको फोटोमा जोडेर भ्रष्टाचारी भन्दै चरित्रहत्या गर्न पाइन्न ।’

World Link Ads

मार्क जुकरर्वर्ग र ज्याक डोर्सी जस्ता सामाजिक सञ्जाल सञ्चालकहरु नेपाल आएर दर्ता अनुमति माग्लान वा फेसबुक,ट्विटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल बन्द होलान ? अहिले नै अनुमान गर्न कठिन छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.