सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ट्रक, कार र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु !!

झापा : झापाको सुरुङ्गामा तीनवटा सवारी साधन ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्।

दुर्घटना परी मृत्यु हुनेमा कार चालक सुनसरीको धरान उपमहानगरपालिका १६ बस्ने २८ वर्षीय दीपक क्षेत्री र कारमा सवार सोलुखुम्बु पासाङ गाउँपालिका १ बस्ने ३० वर्षीय दिलीप राना मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

उनीहरूको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार कनकाई नगरपालिका ४ सुरुङ्गास्थित कोटी होम नजिकै बुधबार दिउँसो प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार, प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल र ग्यास बोकेको ट्रक एक आपसमा ठोक्किँएका हुन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको १ ख १६८४ नम्बरको ग्याँस बोकेको ट्रकले उछिन्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको कार र मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हुन सक्ने बताइएको छ। दुर्घटनामा परी कारमा सवार चार र मोटरसाइकलमा सवार दुई गरी ६ जना घाइते भएका थिए। त्यसमध्ये कारमा सवार दुई जनाको मृत्यु भएको हो।

Mahakali Polytechnic

घाइते हुनेमा कारमा सवार मृतक मगरकी श्रीमती ३० वर्षीया अन्जु मगर, कारमै सवार ३० वर्षीय सुरेश मगर, मोटरसाइकल चालक झापा शिवसताक्षी नगरपालिका २ बस्ने ३९ वर्षीय ज्ञानबहादुर कसाई र उनकी श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ रहेको प्रवक्ता थापाले जानकारी दिए।

World Link Ads

घाइतेको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ। दुर्घटना परेका तीन वटै सवारीसाधन इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ।

Sana Kishan

(annapurnapost.com बाट साभार)

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.