सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने सुदुरपश्चिम सरकारको निर्णय

सुदुरपश्चिम प्रदेश सरकारले बीहिबारको हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई राहात स्वरुप डेढ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए। यस्तै हावाहुरीले घरमा पुर्ण क्षती पुगेका परिवारलाई क्षतीपुर्ती स्वरुप २० हजारका दरले राहात वितरण गर्ने तथा आशिंक क्षती भएका परिवारलाई १० हजार राहात स्वरुप दिने निर्णय भएको शाहले बताए।

यस्तै पशुपंक्षी, कृषि लगायतका अन्य क्षेत्रमा भएको क्षतीको अध्ययन गरी मापदण्ड बनाएर सम्बन्धीत मन्त्रालयले राहात वितरण गर्ने निर्णय भएको छ भने विभिन्न संघसंस्थाबाट आउने राहात मुख्यमन्त्री राहात कोष मार्फत वितरण गर्ने निर्णय पनि गरिएको छ। बीहिबार कैलाली र कञ्चनपुरमा आएको हावाहुरीले दुई जनाको मृत्यु भएको थियो भने सयौँ घरमा आशिंक र पुर्ण क्षती भएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.