सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पर्यटककाे राेजाइमा मकालु हिमाल, पर्वताराेही सख्यामा वृद्धि हुदैँ

जेठ २५
मकालु हिमाल आरोहण गर्ने पर्यटकको सख्यामा वृद्धि भएको छ। मकालु वरुण राष्टिय निकुञ्ज क्षेत्रभित्र नै विश्वको पाँचौ अग्लो मकालु हिमाल समेत पर्दछ।

मकालु बरुण राष्टिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले दिएको जानकारीका अनुसार विश्वको पाँचौ अग्लो मकालु हिमाल र मकालु वरुण राष्ट्रिय निकुञ्ज अध्ययन र भ्रमणका लागि आउने स्वेदेशि तथा विदेशि पर्यटकहरुको संख्या ८० प्रतिशतले बढेको हो। उनले देशमा शान्ति सुरक्षाको सुव्यवस्था, स्थानीय बाटोघाटो र मुख्य सडकको अवस्था सुधार भएपछि वर्षेनि पर्यटकहरु बढ्न थालेको बताए।

गत आर्थिक वर्ष ०७४र७५ मा सार्क क्षेत्रबाट ४१ जना र त्यसबाहेक अन्य विदेशीहरु एक हजार २ सय ११ जना गरी कुल एक हजार दुई सय ५२ जना पर्यटकहरु आएका बताए। सो को तुलनामा आर्थिक वर्षको १० महिनामा नै ८० प्रतिशतले पर्यटकहरु आउने क्रम बृद्धि भएको हो। आर्थिक वर्ष ०७५र७६ को बैशाख सम्मको १० महिनामा मात्रै २ हजार ६९ जना पर्यटकहरु हिमाल आरोहण गर्न र मकालु वरुण राष्ट्रिय निकुञ्जमा अध्ययन र भ्रमणका लागि भित्रिएका छन्। जसमा सार्क क्षेत्रबाट एक सय ४ जना, नेपाली दुई सय ४६ जना र विदेशी एक हजार ७ सय १९ जना गरि कुल दुई हजार ६९ जना स्वदेशी तथा विदेशी पर्यटकहरु आएको पाठकले जानकारी दिए।

उनका अनुसार यो वर्षदेखि आन्तरिक पर्यटक नेपालीहरुलाई समेत मकालु वरुण निकुञ्ज र मकालु बेसक्याम्प जाँदा प्रतिब्यक्ति एक सय रुपैया कर तिर्नुपर्ने नियम बनाइएको छ। सार्क क्षेत्रमा पर्ने नेपाल बाहेकका ७ वटा देशहरु भारत, चीन, पाकिस्थान, भुटान, श्रीलंका, माल्दिभस र बंगलादेशका नागरिकहरुलाई प्रतिब्यक्ति एक हजार पाँच सय रुपैयाँ र सार्क बाहेकका विदेशीहरुलाई प्रतिब्यक्ति तीन हजार रुपैयाँ कर लिने गरेको बताए।

Mahakali Polytechnic

उनले भने, मकालु वरुण राष्टिय निकुञ्जको मुख्य ५ वटा हटिया, ताम्कु, बुङ र मेरापिकमा रहेको सेक्टरहरुबाट पर्यटकहरुले अनुमति लिने गरेका छन्, स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमनको तथ्याङ्क संकलन गरी मन्त्रालय र विभागमा प्रत्येक महिना डाटा पठाउने गरेका छौँ।

World Link Ads

मकालु बरुण राष्टिय निकुञ्जमा चोरीसिकारी र निकासीलगायतका गतिविधिहरु नियन्त्रण गर्न ५ वटा मुख्य सेक्टर र १३ वटा पोष्ट खडा गरिएको छ। सेक्टर र पोष्टहरुले मात्रै मकालु वरुण निकुञ्जमा हुने चोरीसिकारी र निकासी नियन्त्रण हुन नसकेको भन्दै करिब तीन वर्ष अघिदेखि मात्रै सिलिचोङ गाउँपालिकाको ताम्कु र मकालु गाउँपालिकाको हेदाङ्गनामा नेपाली सेनाको क्याम्प समेत स्थापना गरी निकुञ्जको सुरक्षाको लागि खटाइएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.