सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकारले सार्वजनिक जग्गा सांसदलाई दियो, अब कांग्रेसले रोक्छ : कांग्रेस सभापति देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक र गुठी जग्गा सांसद्हरुलाई दिने काम गरेको आरोप लगाएका छन्।

शुक्रबार पार्टीद्धारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले बालुवाटार लगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरि रहेको आरोप लगाउँदै त्यस्ता गतिविधि रोक्न पनि आफ्नो पार्टी लागि पर्ने बताए।

त्यस्तै सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध पार्ने उनले चेतावनी दिएका छन्। लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोग सम्बन्धि विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन बाध्य हुने बताएका हुन्।

सभापति देउवाले सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षडयन्त्र गरिरहेको पनि दोर्याए। सरकारका हरेक कदम लोकतन्त्र र जनता विरोधी भएकाले आफ्नो पार्टीले प्रतिवाद गर्ने योजना तय गरेको सभापति देउवाको भनाई छ।

Mahakali Polytechnic

सदन अवरुद्ध पार्ने देउवाको चेतावनी

World Link Ads

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिलसम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

Sana Kishan

सभापति देउवाले लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धि विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन आफ्नो पार्टी बाध्य हुने पनि बताए ।

शुक्रबार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप लगाउँदै त्यस्ता गतिविधि रोक्न पनि आफ्नो पार्टी लागिपर्ने बताए ।

सभापति देउवाले सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षडयन्त्र गरिरहेको पनि दोहोर्‍याए । सरकारका हरेक कदम लोकतन्त्र र जनता विरोधी भएकाले आफ्नो पार्टीले प्रतिवाद गर्ने योजना तय गरेको सभापति देउवाको भनाई छ ।

‘लेख्न नपाइने मुलुकमा मानवअधिकार हुँदैन’ देउवाले भने, ‘प्रेस स्वतन्त्रता र प्रजातन्त्र पर्यायवाची हुन् कुनैलाई दमन गर्दा पनि मावनअधिकार हनन् हुन्छ ।’ नेकपाले मानवअधिकारलाई कमजोर बनाउन खोजेको तर कांग्रेसले यस्तो हुन नदिने उनले बताए । ‘नेकपाले अर्काको जग्गा खोस्ने काम गरेको छ’ देउवाले भने ।

छायाँ सरकारका अर्थमन्त्रीले सरकारमाथि लगाए गम्भीर आरोप

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । नेता रिजालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आपत्तिजनक रहेको पनि बताए ।

शुक्रबार काठमाण्डुमा आयोजित आगामी आर्थिक वर्षको बजेट सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रोजगारीको अवसर सृजना गर्न पनि सरकार गम्भिर नभएको दावी गरे ।

आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले रोजगारीको अवसर सृजनाका लागि आवश्यक लगानीको जोहो गर्न नसकेको नेता रिजालको दावी छ । छायाँ सरकारका अर्थमन्त्री समेत रहेका उनले एक वर्षभित्र ५ लाख नागरिकलाई रोजगारीको अवसर दिने कार्यक्रम किन ल्याउन नसकेको रु भनि सरकारलाई प्रश्न पनि गरे ।

नेता रिजालले सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई देश भित्रै अवसर सृजना हुने गरी कुनै पनि कार्यक्रम बजेटमा ल्याउन नसकेको स्मरण गराए ।

कम्युनिष्ट दलाल भएको भन्दै हुमागाँई काग्रेसमा प्रवेश

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ललितपुरका जिल्ला नेता रामकृष्ण हुमागाँई नेपाली काँग्रेस प्रवेश गरेका छन् । राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गत शुक्रबार हुमागाँईलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसमा प्रवेश स्वागत गरेको हुन् ।

पार्टी प्रवेश कार्यक्रममा नेता हुमागाँईले सत्तासीन नेकपा लालबाट दलाल भएकोले आफू काँग्रेस प्रवेश गरेको बताए । ‘२५ वर्ष नेकपाको स्कुलिङमा हुर्किँदा काँग्रेसप्रति मलाई भ्रम थियो । देशभक्त र असली लोकतन्त्रको पहरेदार काँग्रेस रहेछ । अहिले आएर थाहा पाएँ ।’

उनले सत्तारूढ नेकपामा कम्युनिष्ट चरित्र नभएको बताउँदै कम्युनिस्ट हुँ भन्दा लाज लाग्ने परिस्थिति सिर्जना भएकोले कांग्रेस प्रवेश गरेका बताए । उनले अब आफूले ललितपुरलाई काँग्रेसको किल्ला बनाउने दाबी गरे । साथै उनले पार्टीले दिने जिम्मेवारी इमानदारीपूर्वक पालना गर्ने पनि बताए ।

यता काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी शैलीका विरोध लोकतन्त्रवादी एक ठाउँमा आउनुपर्ने बताए । उनले भने, ‘केपी ओलीले दुई तिहाइको दम्भमा लोकतन्त्रका आधार स्तम्भ मास्दै छन् । यसका विरुद्ध लोकतन्त्रवादीहरु एक ठाउँमा उभिनुपर्छ । काँग्रेसले सामाजिक न्याय गर्छ ।’

सरकार दलालको चङगुलमा फसेको आरोप लगाउँदै सभापति देउवाले ओली सरकारबाट जनताले विकासको आशा मारिसकेको बताए । विकास प्रेमी र देश भक्त नागरिकमा काँग्रेसप्रति फेरि आशा पलाएको उनले बताए ।हुमागाईलाई ललितपुरको निर्वाचन क्षेत्र १ को ख मा प्रदेश सभा सदस्याको उम्मेदावारका लागि सिफारिस गरिएको थियो । तर उनले टिकट पाएनन् ।


कांग्रेसमा प्रवेश गर्दै नेकपाका नेता, देउवाले स्वागत गर्ने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ललितपुरका का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका छन् ।राष्ट्रिय जागरण अभियान अन्तर्गत शुक्रबार ललितपुरको लगनखेलमा हुन लागेको सभामा सत्तारुढ नेकपाका जिल्ला नेता रामकृष्ण हुमागाइँ नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका हुन् ।

उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराउने कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।

एमाले पृष्ठभूमि भएका नेता हुमागाइँ ललितपुर जिल्लामा नेकपाका लोकप्रिय र चर्चित नेता हुन् । ललितपुर क्षेत्र नम्बर १ मा उनले टिकट पाउने स्थानीयले अपेक्षा लिएका थिए ।

तर, नेपाल प्रहरीमा कीर्तेकाण्डमा विवादमा परेका नवराज सिलवाललाई टिकट दिएपछि हुमागाइँ असन्तुष्ट बनेका थिए । प्रतिनिधि सभाको टिकट नपाए पनि प्रदेशमा टिकट पाउने हुमागाइँले अपेक्षा लिएका थिए । तर, हुमागाइँले प्रदेशमा पनि टिकट पाएनन् ।

ललितपुर जिल्लाको तत्कालीन समयमा हुमागाइँ २०४९ र २०५४ मा बुखेल गाविसको अध्यक्ष जितेका थिए । हुँमागाइँ नेकपाका जिल्ला सदस्य समेत हुन् ।तत्कालीन एमालेको जिल्ला अध्यक्षका लागि हुमागाइँले उम्मेदवारी दिएका थिए । हुमागाइँ अर्का प्रत्यासी मधुसुदन पौडेलसँग जम्मा दुई भोटले अध्यक्ष पदमा पराजित भएका थिए ।

पहिले एमाले र अहिले नेकपाको पेलानमा पर्दै आएका हुमागाइँ अन्ततः पार्टी छाड्ने निर्णयमा पुगेका छन् । हुमागाइँले नेकपा छाड्नेवित्तिकै आफ्ना सहयोगी साथीहरूसहित शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका हुन् ।

हुमागाइँसहित नेकपाका नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका सभापति देउवाले पार्टीमा भित्र्याउने छन् । हुमागाइँ जस्ता राम्रा र ललितपुरका शक्तिशाली नेताले पार्टी छाड्दा नेकपाका सांसद नवराज सिलवालसहितका नेताहरूलाई धक्का पुग्ने देखिन्छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.