सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कृष्णपुरमा एक करोडको आपतकालीन कोष खडा, सबै जनप्रतिनिधिको एक महिनाको तलब कटौती

प्रमुख प्रशासकीय अधिकृत सिद्ध राज जोशी र इन्जिनियर चुडामणी कलौनीले पनि कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा

मदन गिरी
महेन्द्रनगर २२ जेठ ।
कञ्चनपुरको कृष्णपुर नगरपालीकाले एक करोड बराबरको आपतकालीन कोष खडा गरेको छ । बिहिबार आएको हावाहुरी पिडीतलाई राहत तथा उचार खर्च उपब्लध गराउन नगरपालिकाले उक्त कोष खडा गरेको हो ।
कृष्णपुरका नगर प्रमुख कर्ण बहादुर हमालले बिनाशकारी हावाहुरी संगैको पानीबाट भएको क्षति, उद्दार, उपचार तथा पुनःस्थापनाका लागि कोष खडा गरिएको बताए ।

उक्त कोषमा नगरपालिकाका ४९ जना जनप्रतिनिधिको १ महिनाको सेवा सुविधा बाफतको रकम राख्ने निर्णय गरेको छ भने प्रमुख प्रशासकीय अधिकृत सिद्ध राज जोशी र इन्जिनियर चुडामणी कलौनीले पनि कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषण गरेका छन् ।

उनका अनुसार शुक्रबार बसेको नगरपालिकाको विपद व्यवस्थापन समितिको आकस्मिक बैठकले उक्त निणर्य गरेको हो ।
उक्त कोषमा नगरपालिकाका ४९ जना जनप्रतिनिधिको १ महिनाको सेवा सुविधा बाफतको रकम राख्ने निर्णय गरेको छ भने प्रमुख प्रशासकीय अधिकृत सिद्ध राज जोशी र इन्जिनियर चुडामणी कलौनीले पनि कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषण गरेका छन् ।

Mahakali Polytechnic

साथै नगरपालिका मातहत कार्यरत सम्पुर्ण कर्मचारीले पाउने पारिश्रमिक (तलब) को न्युनतम २५५ अनिवार्य र त्यो भन्दा बढी स्वैच्छिक रुपमा आपतकालीन कोषमा जम्मा गर्ने निर्णय समेत गरिएको नगर प्रमुख हमाले जानकारी दिए ।
साथै कोषमा अपुग रकम नगरपालिकाको समपुरक कोषमा रहेको रकम मध्ये ७५ लाख रुपैयाँ आपतकालीन कोषमा हाल्ने निर्णय गरिएको उनको भनाई छ ।
नगर प्रमुख कर्ण बहादुर हमालले दैविक विपक्तीमा परेकाका उद्दार, उपचार तथा पुनःस्थापनामा नगरपालिकाले कुनै पनि किसिमको कसर बाकी नराख्ने निर्देशन दिएका छन् । त्यस्तै उनले उद्दार, उपचार तथा पुनःस्थापना कार्यमा सहकार्यका साथ जुट्न सबै राजनीतिक दल, सरकारी निकाय, सुरक्षा निकाय, सामाजिक संघ संस्था, व्यापारी, व्यवसायी, उद्योगी, शिक्षक, युवा, विद्यार्थी, सरोकारवाला लगायत सबै नगरवासिमा अपील गरेका छन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.